• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना जितेको पत्रकारहरुलाई आयुर्वेद औषधि वितरण




दाङका कोरोना संक्रमण भएर निको भएका पत्रकारहरुलाई आयुर्वेद औषधि वितरण गरिएको छ ।

राप्ती आयुर्वेद चिकित्सालयले नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा औषधि वितरण गरेको हो । दाङमा कोरोना संक्रमणका कारण दुई पत्रकारको निधन भइसकेको छ भने ३३ जना संक्रमित भएर निको भएका छन् ।

महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले महत्वपूर्ण औषधि वितरण गरेकोमा आयुर्वेद चिकित्सालयलाई धन्यवाद दिनुभयो ।

अस्पताल ब्यवस्थापन समिति अध्यक्ष नारायणकुमार आचार्यले रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद औषधि सबैले सेवन गर्नुपर्ने बताउनुभयो ।

अस्पतालका प्रमुख डा. मदन बुढाथोकीले रोग लागेपछि मर्ने बाँच्ने व्यक्तिको प्रतिरक्षा प्रणालीमा निर्भर रहने भन्दै प्रतिरक्षा प्रणाली बलियो बनाउने औषधि सेवन गर्नुपर्ने बताउनुभयो ।

कोरोनाको भेरियन्ट परिवर्तन भइरहेको बेला थप सचेत हुनुपर्ने भन्दै उहाँले प्रतिरक्षा प्रणालीको विकास गर्न जनचेतना जरुरी रहेको र त्यसका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

आफूहरुले अस्पताल र अन्य ठाउँमा पुगेर नियमित जनचेतना विस्तार र औषधि वितरणका काम गरिरहेको बताउनुभयो । सो क्रममा पत्रकारहरुलाई च्यावनप्रास, तुलसी चिया, सितोपलादी चुर्ण र इमुनो केयर वितरण गरिएको थियो ।

कार्यक्रम सञ्चालन पत्रकार महासंघ दाङका सचिव आरके शीतलले गर्नुभएको थियो ।

Facebook Comments