• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कक्षा ११ को मूल्यांकन असारभित्रै, कक्षा १२ को परीक्षा भदौमा हुनसक्ने




कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

असारभित्र विद्यार्थीको मूल्याङ्कन सकेर साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने जानकारी बोर्डले दिएको छ ।

बोर्डले गत वर्ष नै कक्षा ११ को परीक्षाको कार्यविधि बनाएर मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ । कार्यविधिले असारभित्र विद्यार्थीको अन्तिम वार्षिक मूल्याङ्कन सक्ने समयसीमा समेत उल्लेख गरेको छ ।

यस विषयमा कार्यविधिले स्पष्ट गरिसकेकाले यसपटक थप केही भन्नुपर्ने अवस्था नरहेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आइनसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ ।

बोर्डका अध्यक्ष पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिनुभयो । भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उहाँको भनाइ छ ।

कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डको तयारी छ ।

कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटोसमेत खुल्ने भएकाले कक्षा १२ मा परीक्षा लिनैपर्ने अवस्था रहेको आजको गोरखापत्रमा खबर छ ।

Facebook Comments