प्रकाशचन्द्र घिमिरे
त्यसबेला स्कुलमा कक्षा ४ देखि मात्र अंग्रेजी बिषय पढाइ हुने भएकोले कक्षा ३ सम्म अंग्रेजी त काला अक्षर भैस बराबर जस्तै हुने नै भयो तर मैले घरमै अंग्रेजी पढ्ने मौका २ कक्षा देखि नै पाउदै एबिसिडि,,,,,,वानटुथ्रिफोर,,,,, पढ्ने र जान्ने मौका पाएको थिएं ।
४ कक्षापछि अंग्रेजी ब्याकरण पनि पढन पाए घरमा । यद्यपि स्कूलमा कक्षा ३ मा सबैलाई एबिसिडि, क्यापिटल लेटर,स्मल लेटरको बारेमा सबैलाई सिकाउने गरिन्थ्यो, अतिरिक्त समय छुट्याएर ।
४ कक्षामा पुगेपछि स्वभाविकरुपमा औपचारिक अंग्रेजी शिक्षा प्राप्त गरियो र अंग्रेजी अक्षर मात्र होयन ब्याकरण समेत जानेकोले रेडियो नेपालमा प्रसारण हुने अंग्रेजी समाचार पनि सुन्न थालें ।
भोकाब्युलेरीको ज्ञान त्यति धेरै नभएकोले सबै कहाँ बुझिन्थ्यो र ! तैपनि समाचार थाहा पाइन्थ्यो किनकि नेपालीमा भनेको समाचार पनि सुनिएको हुन्थ्यो नि !
केही समय अगाडि, यसले भोकाब्युलेरि थप जान्न पनि पाइएको थियो । कहिलेकाहीँ गाली पनि खाइन्थ्यो– गाइखाने भाषा बुझ्छस् कि रेडियोको ब्याट्रीको सत्यानास गरेको होस भनेर ।
मलाई चाहिँ रमाईलो लाग्नथालेको थियो बिस्तारै बिस्तारै अंग्रेजी पढ्न । कक्षामा पनि अलि ओभरस्मार्ट नै हुन्थें किनकि घरको बातावरणले गर्दा पढाईमा राम्रै थिएं । शिक्षकहरु पनि हाम्रो घरमा बस्ने तथा आउजाउ भैरहने भएकोले तथा मेरो पिताजिको सामाजिक रुपमा त्यस भेगमा राम्रो उपस्थिति भएकोले सबैको अलि बढि निगरानीमा परिन्थ्यो ।
एकदिन कक्षामा डा. के आई सिंहको सन्दर्भ आयो, सायद सामाजिक शिक्षामा हो कि ! उनको नाम सुनेर हामी अचम्म पर्याै, किनकित्यस्तो नाम सर्वथा नयाँ थियो हाम्रो लागि । मनमा निकै कौतुहल लाग्यो र डराइडराइ कक्षामा सरसित सोध्यौ– केआई सिंह नामको बारेमा ।
उनी त नेपालका प्रधानमन्त्री भएकाब्यक्ति रहेछन् । कुंवर ईन्द्रजित सिंहको अङ्रेअङ्रेजीमा छोटकरी रुपमा के. आई सिंह भनिएको रहेछ । यो पनि रमाइलो लाग्यो । अलिअलि अंग्रेजी जानिएकै थियो क्यारे ! आफ्नो नामपनि अंग्रेजीको छोटकरीमा राख्ने मन लाग्न थाल्यो हामी सबैलाई ।
मेरो एउटा साथीको नाम कालीप्रसाद शर्मा थियो । उसले पनि आफ्नो नाम अंग्रेजीमा छोटकरीमा केपी शर्मा राखेर आफुलाई चिनाउन थाल्यो । कालीप्रसादभन्दा केपी कति राम्रो सुनिने पनि । फेरि उ मान्छे गोरोवर्णको थियो, उसलाई प्रकृतिले धेरै प्रसाद पनि दिएको थियो ।
त्यसबेला पुर्वब्यबसायि कशिक्षा पढाइ हुन्थ्यो । यसमा कृषि, पाकशिक्षालगायतका ब्यबसाय सिपसँग सबंन्धित पढाइ हुन्थ्यो । स्कुलमा तरकारी खेति गरेर अभ्यास गरिन्थ्यो, खाना बनाएरै अभ्यास गरिन्थ्यो ।
घरबाट सबैले यसको लागि आवश्यक सामग्री अनिवार्य ल्याउनुपथ्र्यो । तर, उसले चाहिँ ल्याउंदैन थियो, सायद घरमाहुदैन थियो होला उसको । हामी सबैले मिलाएर उसको भाग पुर्याइदिन्थ्यौं किनकि सरले एकएक गरी नाम बोलाएर यसको जानकारी राख्नुहुन्थ्यो । खाना तथा परिकार पकाउन, उ निकै चाख राख्थ्यो ।
यसका साथै खेलकुद, हाजिरि जवाफ, नाचगान, उखानटुक्का, हांस्य बिधामा पनि माहिर थियो । अतिरिक्त कृयाकलापमा निकै सकृय थियो तर कुनै साथीलाई केही परिआउदा चाहिँ लुसुक्क भाग्ने एउटा नराम्रो बानी थयो उसको ।
पछि आएर म भएको भए जानेको थिएँ भनेर पुरुषार्थ देखाउनचाहिँ उ पछि पर्दैनथ्यो किनकि त्यसबेला हामी केटाको बीचमा समूहगत झगडा तथा लंडाइँ पनि पथ्र्यो बेला बेलामा । सबै साथी भए पनि आफ्नो मिल्ने साथीलाई कसैले हेप्यो वा उसलाई कुनै किसिमले दुुःख दियो भने दुुःख िदनेलाई दुुःख दिएरै ईंटको जवाफ पत्थरले फर्काउने गरिन्थ्यो । यसरी साथीहरु बीचमा दुई समूह बन्थ्यो र बेलामौकामा लडाइँ हुन्थ्यो ।
तर, पुरुष भएर पनि स्त्रीको जस्तो नाम, त्यो पनिकालो बर्णको रुप जनाउने काली किन ? उसको मनले मान्थ्यो र उस्ले नाम फेर्न दिन कुरेन । त्यसपछि मेरो साथी कालीप्रसाद शर्मा अङ्रेजीमा नाम फेरेपछि केपी शर्मा भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।