नेपाल पत्रकार महासंघ रूकुमले जिल्लाका पत्रकारहरूलाई दोस्रो चरणको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्र र महासंघ कर्णाली प्रदेशले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरू पत्रकारहरूको घरमै पुगेर प्रदान गरिएको हो ।
महासंघले कोरोना संक्रमित, कोरोना जितेका र कोरोना संक्रमीत नभएका पत्रकार साथीहरूको घरमै पुगेर मास्क र सेनिटाईजर वितरण गरिएको हो ।
स्वास्थ्य सामग्री प्राप्त गर्न छुट्नु भएका खलंगा, आठविसकोट, चौरजहारि र रुकुम पुर्बका सबै पत्रकार साथीहरूलाई पनि एकरदुई दिनभित्र महासंघका प्रतिनिधिहरू मार्फत सामान उपलब्ध गराइने जानकारी महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । साथै उहाँले पत्रकारहरूलाई सुरक्षित ढंगले पूर्णरूपमा स्वास्थ्य मापदण्ड लागू गरेर आफ्नो नियमित काममा लाग्न आग्रह पनि गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।