लायन्स क्लव देउखुरी, दाङले लमहीको रातोडाँडास्थित अस्थायी कोभिड अस्पतालमा २९ सिलिण्डर अक्सिजन हस्तान्तरण गरेको छ ।
कोरोना भाईरस महामारीका कारण विश्व जगतका साथै नेपाल पनिआक्रन्त भइरहेको अवस्थामा दिन प्रतिदिन नेपालमा कोरोना भाईरस सङ्क्रमणको जटिल रुपका कारण बायुप्राण अर्थात अक्सिजनको अभावले अस्पताल तथा होम आसोलेसनमा छट्पटाउदै अकालमा ज्यान गुमाइरहेको अवस्थामा सहयोग होस् भनेर अक्सिजन प्रदान गरिएको लायन्स क्लबले जनाएको छ ।
लायन्स क्लव देउखुरी, दाङले आफ्ना सदस्य तथा मनकारी दाताहरुसंग रकम संकलन गरी सहयोग गरेको हो । सहयोगी दाता क्रसर ब्यबसायी शकरनाथ योगीबाट १० हजार, कपिलदेव खनालबाट १० हजार, लक्ष्मण नेपालबाट १० हजार गरी ३०००० सङ्कलित रकमबाट कि तृतीय उपधक्ष्य लायन सबि अधिकारीको पहलमा लमही जेसिसले २९ वटा खाली सिलिन्डर उपलब्ध गराकोमा सो सिलिन्डरमा ओक्सिजन भरी कोभिड अस्पताललाई हस्तान्तरण गरिएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।