दाङमा पहिलोपटक एक निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न आइसोलेशन बनाउन थालेको छ ।
अहिलेसम्म निजी अस्पतालले कोरोना संक्रमितको उपचार नगरिरहेको बेला घोराही १८ नवलपुरस्थित मितेरी हस्पिटल प्रालिले बीस बेडको आइसोलेशन बनाउन तयारी थालेको छ ।
नवलपुर पुलचोकनजिक रहेको वडाको सार्वजनिक भवन लिएर आइसालेशन बनाउन तयारी थालिएको अस्पतालका सञ्चालक महावीर जिसीले जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगमा तरकारी बजारका लागि बनाइएको सो भवन अहिले खाली रहेको छ । जसमा आइसालेशन बेड राख्नका लागि तयारी पनि थालिएको छ ।
आइसोलेशनमा अक्सिजनसहितका बीस बेड राखिने अर्का सञ्चालक माधव भण्डारीले जानकारी दिनुभयो । आइसोशनमा मेडिकल अधिकृत सहितका स्वास्थ्यकर्मी २४ सै घण्टा रहनेछन् भने दुई जना बिशेषज्ञ पनि रहने छन् ।
अवस्थामा हेरेर कोरोना अस्पताल बेलझुण्डीमा कार्यरत दुई जना विशेषज्ञ चिकित्सकले विरामी जाँच गर्नेछन् भने मेडिकल अधिकृतसहितका स्वास्थ्यकर्मी सेवामा खट्नेछन् । जसका लागि चिकित्सक र स्वास्थ्यकर्मी ब्यवस्थापन भइसकेको जानकारी दिंदै सञ्चालक जिसीले अन्य कर्मचारी ब्यवस्थापनको काम भइहरेको बताउनुभयो ।
आइसियू र भेन्टिलेटर नभएकाले जटिल प्रकिृतिका विरामी भने यहाँ राखिने छैन । न्यूनतम शुल्क लिएर कोरोना विरामीको उपचार गर्ने तयारी गरिएको जानकारी दिंदै सञ्चालक भण्डारीले कुनै सरकारी निकायले साझेदारी गर्न खोजेको खण्डमा आफूहरु सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।