कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुर्याउन रुकुमपश्चिममा जनस्तरबाट वृहत अभियान शुरु गरिएको छ ।
रुकुम घर भएर विभिन्न स्थानमा कार्यरत रुकुमेलीहरुले शुरु गरेको यो अभियान वृहत बन्दै गएको अभियानका सहजकर्ता अर्जुन भण्डारीले जानकारी दिनुभयो ।
अभियानको पहिलो चरणमा आर्थिक संकलन शुरु गरिएको छ । जेठ ३ गतेदेखि शुरु गरिएको यो अभियानमा अहिलेसम्म ७५० भन्दा वढी महानुभावहरू देश विदेशवाट जोडिनुभएको अभियानले जनाएको छ । तीन दिनको बीचमा ११९ जनाले ७ लाख ८४ हजार २ सय ५४ रुपैयाँ कोषमा सहयोग गरिसकेका छन् ।
अभियानको अगुवाई रुकुम घर भएर देशका विभिन्न स्थानमा क्रियाशील उच्च तहका सरकारी कर्मचारीले गरिरहनुभएको छ । सरकारी र राजनीतिक तवरबाट कोरोना संक्रमण न्यूनीकरणका काम भइरहेको भए पनि जनस्तरबाट पनि अभियान चलाउनुपर्ने दायित्वबोध गरेर अभियान थालिएको अभियानका अगुवाहरुले बताएका छन् ।
‘कोभिड नियन्त्रण काम चिकित्सकको हो, सुरक्षा निकायको हो, जनप्रतिनिधिको मात्र हो वा सरकारी संयन्त्रको मात्र हो भनि समाजका विद्वतवर्ग, निकाय आँखा चिम्लेर बस्न नैतिकताले दिदैन’– अभियानका सहजकर्ता भण्डारीले भन्नुभयो– ‘यस्तो बला सहायता गर्न सवै जिल्लामा अधिकाशं गैरसकारी निकाय, विद्वतवर्ग, युवा विधार्थी वर्ग क्रियाशिल पनि भइरहेका छन् । यसै सिलसिलामा रुकुम पश्चिमको कोभिड आइसोलेसन वार्ड प्रयोजन, कोभिड १९ सक्रमितको पहिचान, संक्रमित बिरामीको सघन उपचार र उपचारमा सलंग्न स्वास्थ्यकर्मीहरुको सुविधा अनि मनोवल बढाउन स्वास्थ्य उपकरण र सामग्री डोनेसनका लागि जन्मभूमिमा महामारी समस्या परेको वेला एकजुट भइ केहि योगदान गर्नुपर्छ भन्ने ध्येयले रुकुम पश्चिम वा वाहिर रहेका कर्मचारी,उधमी र रोजगारको सिलसिलामा विदेशमा रहनुभएका रुकुमेलीहरुको ब्यापक छलफल समन्वयमा अभियान शुरु गरिएको हो ।’
अव धेरै ढिला नगरीकन यसबाट जिल्ला अस्पतालमा कोभिड १९ संक्रमित विरामीको उपचारका लागि स्वास्थ्य सामग्री व्यवस्थापन गरी हस्तारण हुने सहजकर्ता भण्डारीले जानकारी दिनुभयो ।
यसवाट जस अपजस लिने भन्दा पनि सबै सहयोगीको अपनत्व हुने पनि जनाइएको छ । ‘सामग्री हस्तान्तरण गर्दा सबैको नाम, ठेगाना र सहयोग रकम सहित सामग्री स्थानीय जनप्रतिनिधी र स्थानीय प्रशासनको रोहवरमा स्वास्थ कार्यालयमा हस्तान्तरण हुनेछ र सरकारी अभिलेखमा अभिलेखांकन हुनेछ’– भण्डारीले भन्नुभयो ।
यो अभियानले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा स्वयसेवक समेत परिचालन गर्ने तयारी पनि गरको छ । अभियानमा आर्थिक सहयोग गर्न रुकुम पश्चिम मुसीकोटमा रहेको ग्लोबल आइएमई बैकमा रहेको सहायता फाउन्डेशन नेपालको खाता नम्बर ५३०१०१००००१७४ मा जम्मा गर्न सकिने ब्यवस्था गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।