• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पीडामाथि थोपरिएको पीडाः बाबुआमा बिते कोरोनामा, छोरी दुर्घटनामा




रुकुमपश्चिम बाँफीकोट गाउँपालिका ५ निवासी देबी केसी उच्च शिक्षाका लागि काठमाडौं बस्दै आउनुभएको थियो ।

कोरोना संक्रमण बढेसँगै धेरै साथीहरु गाउँतिर फर्किए तर उहाँ फर्कनुभएन । परिवार गाउँमा रहेकाले सुरक्षित हुनेछन् र आफू काठमाडौंमै सुरक्षित हुन्छु भन्ने मनशायले उहाँ गाउँ फर्कनुभएन । तर, उहाँलाई सोचेजस्तो भएन ।

गाउँमा कोरोना नपुग्ला भन्ने उहाँको अपेक्षाविरीत गाउँमा कोरोना पुगेन मात्रै उहाँका बुवाआमा दुबैलाई चुडाएर लग्यो ।

दुई दिनको अन्तरमा जेठ २ र ४ गते बुवाआमाको निधन भएपछि उहाँ हताहतार काठमाडौंबाट रुकुम फर्कन खोज्नुभयो । एउटा बस जाँदै गरेको सुनेपछि सम्पर्क गरेर उहाँ काठमाडौं माछापोखरीबाट रुकुमका लागि हिड्नुभयो ।

तर, जेठ ५ गते विहान नवलपरासीको दाउन्नेमा भएको सडक दुर्घटनामा परेर देवीको पनि निधन भएपछि बाँफीकोट स्यार्पुका केसी परिवारमा अकल्पनीय बिपत्ति आइलागेको छ ।

आमा अमृता केसी र खरबहादुर केसीलाई दुई दिनको अन्तरमा गुमाएकी देबी आफै पनि यो संसारमा रहनुभएन । बुवाआमा गुमाएर पीडामा रहेका दाई तिलविर केसी र दिदी हिरालाई बहिनी आए केही राहत होला भन्ने लागेको थियो तर बहिनी पनि बाटोमै गुमाउनुपर्दा उहाँ मात्र होइन स्यार्पु गाउँ नै शोकमा डुबेको छ । ।

Facebook Comments