• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदलाई साक्षी राखेर पदभार ग्रहण, पहिलो निर्णयमा दुर्गमका तीन योजना सदर




कर्णाली प्रदेशमा नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सहिदहरुको तस्विरमा माल्यार्पण गर्दै पदभार ग्रहण गर्नुभएको छ ।

उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका प्रथम सहिद कामी बुढा, जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल, लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापा, जनयुद्धका सहिद यज्ञश्वर शर्मा, जनयुद्धकी पहिलो महिला सहिद धनमायाँ श्रेष्ठ, पञ्चायतबिरोधी आन्दोलनका सहिद मित्रमणि आचार्य, चार सहिद तथा कर्णाली प्रदेश स्थापनाका लागि ज्यान दिने सहिदहरुको तस्विरमा माल्यार्पण गर्दै पदभार ग्रह गर्नुभएको हो ।

उहाँले कर्णालीका दुर्गम जिल्लालाई प्राथमिकता दिदै तीन योजना सदर गरेर काम शुरु गर्नुभएको छ । दोमुख मोटरबेल पुल मुगुका लागि १ करोड २७ लाख, झुक्ला मोटरवेल पुल मुगुका लागि ५ करोड ११ लाख र क्याटु–सालदाङ–धो सडक आयोजना डोल्पाका लागि १० करोड ५५ लाख बजेट सुनिश्चितताको फाइल सदर गर्दै पदवहाली गर्नुभएको हो ।

रुकुम पश्चिम प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका शर्मा पहिलो पटक मन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसका खड्ग डाँगीलाई भारी मतान्तरमा हराउँदै उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैलदो कोरोना महामारीका बीचमा उहाँले यो अवसर पाउनुभएको छ । यो उहाँका लागि अवसर र चुनौती दुवै हो । विशिष्ट खालको परिवेशमा आफूले यो जिम्मेवारी सम्हालेको उहाँको भनाई छ ।

‘पार्टीको निर्णय अनुसार आजदेखि मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र शुभ चिन्तक राम्रो गर्नका लागि शुभेच्क्षा प्रकट गरिरहनु भएको छ,’ शर्माले भन्नुभयो, ‘सकेसम्म राम्रो गर्ने प्रयत्न हुन्छ ।’ जनताको जिउ जोगाउने कार्य पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

Facebook Comments