• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोट १० का हरेक टोलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकसहितको टोली परिचालन




रुकुमपश्चिम मुसीकोट नगरपालिका वडा नम्बर १० ले कोरोना संक्रमण रोकथामका लागि हरेक टोलमा दुई जना स्वास्थ्यकर्मी परिचालन गरेको छ । पाँचवटा टोल रहेको यो वडाले वडाभित्रका दश जना स्वास्थ्यकर्मीलाई स्वयंसेवी स्वास्थ्यकर्मीरुपमा परिचालन गर्ने नीति लिएको वडाअध्यक्ष गोप्यश्वर केसीले जानकारी दिनुभयो ।

हरेक टोलमा जनप्रतिनिधिको नेतृत्वमा दुई जना स्वास्थ्यकर्मी र एक जना शिक्षक रहने गरी परापर्श तथा उपचार टोली गठन गरेर परिचालन गरिएको छ । हरेक टोलमा सात सदस्यीय अभियान टोली रहनेछ । जसमा जनप्रतिनिधि, दुई स्वास्थ्यकर्मी, एक शिक्षक, एक युवा, एक महिला र एक टोल विकास संस्थाका प्रतिनिधि रहेका छन् ।

जसअनुसार छहरा सिद्ध गुफा टोलको नेतृत्व अध्यक्ष आफै केसीले लिनुभएको छ भने स्वास्थ्यकर्मीहरु राजकुमारी रोकाय र ध्रुवतारा रोकायलाई परिचालन गरिएको छ । यहाँ परापर्शदाता शिक्षकको रुपमा स्थानीय जनता आधारभूत विद्यालय गलम्पाटीका प्रअ चुडामणि रोकाय खटिनुभएको छ ।

त्यस्तै चुनथाम कामी बुढा टोलमा वडा सदस्य टेकबहादुर कठायतको नेतृत्वमा टोली परिचालन गरिएको छ । जसमा स्वास्थ्यकर्मीह गिता कठायत र स्वरुपा कठायतलाई परिचालन गरिएको छ भने परामर्शकर्ता शिक्षकको रुपमा सिता खड्का कठायतलाई परिचालन गरिएको छ ।

त्यस्तै नमूना वस्ती टोलमा वडा सदस्य शोभा परियारको नेतृत्वमा वडाका अहेब हरि बिष्ट र नरेश सुनारलाई स्वास्थ्यकर्मीको रुपमा परिचालन गरिएको छ ।

परामर्शदाता शिक्षक मालिका मावि चुनका प्रअ खड्कसिंह कठायत खटिनुभएको छ । खड्काटोलको नेतृत्व वडा सदस्य धनबहादुर खड्काले गर्नुभएको छ भने स्वास्थ्यकर्मीहरु मीना खड्का र गीता खड्कालाई परिचालन गरिएको छ । सो टोलमा परापर्शदाता शिक्षकको रुपमा गोपाल खड्का खटिनुभएको छ ।

कोरोना संक्रमणको अवस्था र त्यसबाट बच्ने सचेतनाको बारेमा शिक्षकहरुले परामर्श दिनेछन् भने स्वास्थ्यकर्मीहरुको विरामीको जाँच गरेर आवश्यक औषधि उपलब्ध गराउने छन् । जनप्रतिनिधिले समग्र नेतृत्व गर्दै बिरामी बाहिर पठाउनुपर्ने अवस्थामा त्यसको नेतृत्व गर्ने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

यसलाई अभियानकै रुपमा अघि बढाइएको र त्यसका लागि नारा पनि तय गरिएको वडाले जनाएको छ । ‘जनताको साथमा स्थानीय सरकार, कोरोनाविरुद्धको लडाइँमा सम्पूर्ण शक्ति एकाकार’ भन्ने नाराका साथ अघि थालिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

वडा र नगरले औषधि ब्यवस्थापन गरेका छन् भने हरेक अभियान टोलीका लागि एक थर्मल गन र एक अक्सिमिटरको ब्यवस्था गरिएको वडा सदस्य धनबहादुर खड्काले जानकारी दिनुभयो । नगर उपप्रमुख प्रेमकुमारीले सुनार आफै वडामा पुगेर नगरको तर्फबाट प्रदान गरिने औषधि र स्वास्थ्य सागम्री हस्तान्तरण गर्नुभएको थियो ।

वडाबासीले समस्या परे अभियान टोलीसँग यसरी सम्पर्क गर्नसक्नेछन्ः

समग्र वडा तथा छहरा शिद्ध गुफा टोलका लागि वडा अध्यक्ष गोप्यश्वर केसी ‘राकेश’ ९८४४९१४४९३
खड्का टोलका लागि वडा सदस्य धनबहादुर खड्का ‘बसन्त’ ९८५७८२२९५९
चुनथाम र कामी बुढा टोलका लागि वडा सदस्य टेकबहादुर कठायत ‘प्रशान्त’
नमूना वस्ती टोलका लागि शोभा परियार ९८६७९३९०५२

Facebook Comments