नेपाल एमालेका उपाध्यक्ष बामदेव गौतमले एमालेको एकताहुँदै वृहत बाम एकताका लागि आव्हान गर्नुभएको छ ।
मदन भण्डारी र जिवराज आश्रितको स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उहाँले यस्तो आव्हान गर्नुभएको हो ।
‘म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा एमालेसहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यसनिम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु’– उहाँले भन्नुभएको छ ।
आज पनि आफू भण्डारी र आश्रितले निर्माण गर्नुभएको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको भन्दै गौतमले भन्नुभएको छ– ‘यसै सन्दर्भमा म आज फेरि उहाँहरुको स्मृति दिवसमा उहाँहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्छु। क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।