• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपालकै सबैभन्दा अग्ला धुपीको रुखभित्र आकर्षक पार्क निर्माण हुने




प्रभात गुरुङ

भूमे गाउँपालिका वडा नम्बर १ लुकुमको धुपी सल्लाभित्र आकर्षक पार्क बन्ने भएको छ । लुम्बिनी प्रदेश शहरी विकास मन्त्रालयबाट दाङ भवन विभागले सर्भेको काम सकेको छ ।

बन्न लागेको उक्त पार्कभित्र प्रतिक्षालय, खानेपानी, सौचालय तथा बालबालिकाका लागि पिङ र चिप्लेटी लगायतको सुविधा रहने छ । त्यस्तै प्रवेश द्वारमा गेट निर्माण, पार्कभित्र रेलिङ सहितका सिलेट ढुङ्गाको सिंढी पनि बन्ने छन् । एक रुख देखि अर्को रुख सम्म समानान्तर पर्खाल बनाई गहरा निर्माण गरि घुमफिरका लागि सहज बनाइने छ । साथै एक रुख बाट अर्को रुख जाने आकर्षक झोलुङ्गे पुलहरू आवस्यक अनुसार निर्माण गर्दै जाने भएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा स्थानीयको रहेको छ ।

हरेक तीन तीन वटा रुख रहेको ठाउँमा पर्यटकका लागि आकर्षक र आरामदायी मचान निर्माण गरिने छ । त्यस्तै रुखको उचाइ नापेर उचाइ जानकारी लिने सांकेतिक चिन्हहरू राख्ने लगायतको डिजाइन गरिदिन वडा कार्यालयले विभागलाई सिफारिस गरेको वडा अध्यक्ष रामचन्द्र पुनले जानकारी दिए ।

हालसालै मात्र गणना गर्दा सो क्षेत्रभित्र १ सय ६५ वटा धुपीका अग्ला रुखहरू रहेको पाइएको छ । ती रूखहरू १ सय रोपनी क्षेत्रफलको हाराहारीमा फैलिएर रहेका छन् । धुपि सल्लाका ती रुखहरू ६५ मिटर भन्दा पनि अग्ला रहेका छन् । त्यसैले यी रुखहरू नेपालका सबैभन्दा अग्ला हुन सक्ने अनुमान गरिएको छ ।

यो पार्कको नाम स्थानीय भाषामा राख्ने भएको छ । स्थानीय मगर खाम भाषामा उक्त पार्कको नाम “स्यु-खार पार्क” रहने छ । स्यु-खार दुई वटा शब्दहरू मिलेर बनेको नाम हो । जसको अर्थ “स्यु- धुपि सल्ला” र खार- बिच अथवा माझ भन्ने हुन्छ । यसको अर्थ धुपि सल्ला माझ भन्न सकिन्छ । त्यसैले यश पार्कको नाम “स्यु-खार पार्क” “धुपि सल्ला माझ पार्क” हो भनेर बुझ्न सकिन्छ ।

हाल प्रदेशबाट डिपिआरका लागि यस पार्कको नाम “धुपि सल्ला मधुकर मिलन पार्क” राखिएको छ । यो पार्क २ हजार वर्ग मिटरमा मात्रै बन्न लागेको हो । तर सबै धुपि सल्लाका रुख घेर्ने गरि कम्पाउण्ड सर्भे गर्न स्थानीयले माग गरेका छन् । त्यसैको आधारमा पुरै क्षेत्रफलको नाप लिइएको विभागका सर्भियर केशर खड्काले जानकारी दिए । कति क्षेत्रफलमा फैलिएको छ भनेर थाहा पाउन डिपिआर पछि पत्ता लाग्ने पनि सर्भियर खड्काले बताए । डिपिआरका लागि बजेट विनियोजन नभएको तर यसको लागत भने प्रदेश सरकारले भुक्तानी दिने पनि खड्काले बताए ।

Facebook Comments