तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट उपनिर्वाचनबाट बिजयी प्रदेशसभा सदस्य बिमला ओलीले नेकपा माओवादी केन्द्र राज्नुभएको छ । योसँगै लुम्बिनीमा एमालेको एकल बहुमतको संभावना सकिएको छ ।
सर्वोच्च अदालतको आदेशपछि नेकपाका नेता कार्यकर्ताहरुलाई पुराना दल एमाले र माओवादी केन्द्रमध्ये एक रोज्ने अधिकार रहेकोमा ओलीले माओवादी केन्द्र रोजेको जानकारी दिनुभएको छ ।
वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ । माओवादी केन्द्रका सांसद सुदर्शन बरालले ओलीले माओवादी केन्द्र रोजेपछि वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको बतउनुभयो । ओली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ ।
लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।