दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर २ मा सहिद देविराम घर्ती (निरन्तर) को सम्झनामा बनाइएको खानेपानी ट्यांकी भत्काइएकोमा सहिद परिवारले आपत्ति जनाएको छ ।
जनयुद्धका सहिद घर्तीको सम्झनामा तत्कालीन नेकपा माओवादीको पहलमा २०६० सालमा मधरीया खानेपानी ट्याङ्की निर्माण गरिएको थियो । अहिले वडा सरकारले पुननिर्माण गर्ने बहानामा उक्त खानेपानी ट्याङ्कीलाई घरपरिवार र पार्टीसँग खबर नगरी भताभुङ्ग पारिएको सहिदपुत्र मदन जीएमले जानकारी दिनुभयो ।
‘सहिदको नाम मेटाउने र गुम्राहामा पर्ने जो काम भएको छ, उक्त कदमप्रति हाम्रो घोर भत्सर्ना र कडाभन्दा काड आपत्त छ । नयाँ संरचनामा सहिदको नाम राखियोस भनि जोरदार माग गर्दछौं’– परिवारको तर्फबाट अपिल गर्दै उहाँले भन्नुभएको छ ।
हाल यो वडामा कांग्रेसको नेतृत्वको सरकार रहेकाले राजनीतिक पूर्वाग्रहका कारण सहिद नाम फालिएको जनाउँदै परिवारले सहिदले कुनै पार्टीका लागि नभइ देशको स्वाधीनता र गणतन्त्रका लागि बलिदान गरेकाले सहिदहरुकै रगतको जगमा बनेको गणतान्त्रिक सरकारमा यप्रसकारको अपमान असैह्य हुने जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।