• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथाउत्तरगंगालाई दुई गाउँपालिका बनाइने, पुथा र उत्तरगंगा प्रस्ताव




पुथाउत्तरगंगा गाउँपालिकालाई दुई वटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित गरिएको छ । विशेष गाउँसभाबाट पुथाउत्तरगंगालाई दुई वटा गाउँपालिका बनाउने प्रस्ताव पारित भएको हो ।

१४ वटा वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकालाई ७÷७ वटा वडा रहने गरी दुई वटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल)ले जानकारी दिनुभयो । गाउँसभाले पारित गरेको पुथा गाउँपालिकामा हालको १ देखि ६ सँगै ९ नम्बर वडा र उत्तरगंगा गाउँपालिकामा ७ र ८ सँगै १० देखि १४ नम्बर वडाहरू रहने उपाध्यक्ष मल्लले बताउनुभयो ।

यस्तै १२ नम्बर वडामा रहेको जाजरबाङ गाउँलाई १३ नम्बर वडामा मिलन गरिने प्रस्ताव पनि पारित भएको छ । सिस्ने गाउँपालिका १ र २ नम्बर वडाले छुट्टै गाउँपालिका प्रस्ताव गरेमा हाल पुथाउत्तरगंगा ७ र ८ नम्बर वडालाई त्यसमा मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्तावलाई पनि गाउँसभाले अनुमोदन गरेको उपाध्यक्ष मल्लको भनाइ रहेको छ ।

गाउँसभाबाट दुई वटा गाउँपालिका बनाउने प्रस्ताव पारित गरिएको निर्णयलाई स्वीकृतको लागि जिल्ला समन्वय समिति मार्फत प्रदेश हुँदै संघमा सिफारिस हुने कानुनी प्रावधान रहेको छ । स्थानीय तहलाई हेरफेर गर्नु परेमा स्थानीय निर्वाचन हुनु भन्दा एक वर्ष अगाडि गाउँसभाबाट प्रस्ताव पारित भएको हुनु पर्दछ ।

Facebook Comments