• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा लकडाउन शुरु, विहानैदेखि सबैतिर सुनसान




दाङ जिल्लामा वैशाख १७ को बिहाननैदेखि लकडाउन शुरु गरिएको छ । विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्मका लागि दाङ जिल्लाभरि लकडाउन शुरु गरिएको हो ।

दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । दाङमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको छ ।

अतिआवश्यकीय सामान खरिदबिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अति आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नु पर्ने भएमा पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । खानेपानी, दूध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छीको दानासँग सम्बन्धी कामलाई अतिआवश्यकीय सेवा अन्तर्गत राखिएको छ ।

पूर्वपश्चिम राजमार्ग भएर दाङ हुँदै गुड्ने गाडीहरुलाई यात्रु उठाउन र झार्न निषेध गरिएको छ । जिल्लामा रहेका सम्पूर्ण विद्यालय एवम् कलेजहरुको पठनपाठन र विद्यालयको परीक्षा पूर्णरुपमा बन्द गरेर अनलाइन क्लास सन्चालन गर्न पाउने व्यवस्था गरिएको छ । जिल्लाका अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् भने केही सामुदायिक विद्यालयले पनि अनलाइन कक्षा चलाइरहेका छन् ।

नियमितको विद्युत आपूर्तिमा आउने समस्याले अनलाइन कक्षाहरु प्रभावित भइरहेका छन् । ग्रामीण क्षेत्रतिर भने अनलाइन कक्षा सञ्चालन गरिएको छैन । यद्यपि ग्रामीण क्षेत्रमा बस्ने बजार क्षेत्रका विद्यालयका विद्यार्थीले भने अनलाइन कक्षा पढिरहेका छन् ।
तस्विरः हिमाल महरा

Facebook Comments