प्रायः डाँडामा मात्रै देखिने हिउँ यसपटक बेसीसम्मै परेपछि रुकुमका गाउँगाउँमा स्थानीय घरभित्रै बसेर रमाइलो गरिरहेका छन् ।
युवाहरु हिउँ खेल्न डाँडाँकाँडा पुगेका छन् भने बयस्क घरभित्रै आगो बालेर न्यानो गरिरहेका छन् ।
प्रायः हिउँ पर्ने गाउँहरुमा हिउँ पर्दा आवश्यक पर्ने सामग्री पहिले नै जुटाएर राखिन्छ । गाइबस्तुका लागि पोख पराल राख्निछ भने मानिसले प्रयोग गर्ने दाउरा पनि जोहो गरेर राखिन्छ ।
चिसोबाट बच्न उसिनिएर सुकाएको मकै पकाएर ‘बिरौला’को रुपमा खाने गरिन्छ, यसमा विभिन्न गेडागुडी पनि मिसाइन्छ । त्यस्तै करेला, फर्सी, पिंडालु उसिनिएर खाने, मकै र गहुँका खाजा भुटेर खाने पनि हिमाली तथा पहाडी क्षेत्रको प्रचलन छ ।
हिउँदमा हुने बर्षातलाई गाउँगाउँमा ‘सग्यो’ भनिन्छ । सग्योलाई गाउँगाउँमा पर्वकै रुपमा मनाउने चलन छ ।
लागु औषधि नमिसाएको तेजपातको रक्सी बनाएर खाने आम प्रचलन जस्तै छ । हिउँ परेपछि अधिकांश ठाउँमा विद्यालय पनि बन्द गरिएका छन् ।
क्याप्सनः रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका गैरीनेटामा परेको हिउँ ।
तस्विरः बामदेव केसी
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।