कोरोना संक्रमण बढ्दै गएपछि दाङमा वैशाख १७ गतेदेखि २५ गते साँझसम्म लकडाउन घोषणा गरिएको छ ।
जिल्ला कोरोना संकट ब्यवस्थापन समिति तथा सरोकारवालाहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार बैशाख २५ गते साँझ ६ बजेसम्म जिल्लाव्यापी लकडाउन घोषणा गरिएको छ ।
खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखि ८ बजे सम्म खुल्नेछ । यस्तै अत्यावश्यक सवारी साधनबाहेक अन्य यातायात पनि सञ्चालन गरिने छैन ।
बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बडको आइसोलेसन बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आइसोलेसन र प्रत्येक पालिकाले २० वेड क्षमताको अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।
तस्विर स्रोतः तुलसीपुरखबर डट कम
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।