नेकपा माओवादी केन्द्र दाङले पिसिआर टेस्ट र संक्रमितको निशुल्क उपचारको आवश्यक ब्यबस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
स्थितिलाई समयमै नियन्त्रण गर्न सरकारलाई जिम्मेवारढंगले प्रस्तुत हुन पनि उसले आग्रह गरेको छ ।
विश्वब्यापी महामारीको दोश्रो लहरको रुपमा फैलिरहेको कोरोना संक्रमण बढिरहेको भन्दै नेकपा माओवादी केन्द्र दाङले सबै नियमित कार्यत्रम स्थगित गरेको जनाएको छ ।
जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’ले विज्ञप्ति जारी गरी सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको हो ।
‘अस्पतालहरु बिरामीले भरिएका छन्, भेन्टिलेटर, आईसियुको कमि भएको छ भने अक्सिजनको अभाब हुन सक्ने खतरा बढेर गैरहेको छ’– विज्ञप्तिमा भनिएको छ– ‘यो अबस्थाको गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो पार्टी ने क पा माओबादी केन्द्र दाङ्गले आफ्ना सबै प्रकारका भेला , बैठकहरु स्थिति सामान्य नहुदा सम्मका लागि स्थगित गरेको जानकारी गराउछौ ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।