घोराही उपहानगरपालिका १९ निवासी युवराज नेपालीको उपचारका लागि सहयोग संकलन अभियान थालिएको छ ।
नेकपा माओवादी केन्द्रका युवा नेता एवं वडा सदस्य जंग रोकाको संयोजनमा भएको सहयोग संकलन अभियानअन्तर्गत अहिलेसम्म एक लाख चार हजार छ सय चौध रुपैयाँ संकलन भएको छ । मानसिक रोगबाट पीडित नेपालीको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन ।
‘उहाँ मानसिक बिरामी भइ उपचार गर्न आउने गाडी भाडा समेत नभइ घरमै थल्लिएको खबर प्राप्त भएपछि हाम्रो टिम घरमै गएको उपचारको लागि सहयोग अभियान मार्फत हात फैलाउँदा विभिन्न देश तथा ठाँउबाट सहयोगी दाताहरुद्वारा अहिलेसम्म एक लाख चार हजार छ सय १४ रुपैयाँ सहयोग प्राप्त भएको छ’– रोकाले भन्नुभयो– ‘यही सहयोग जुटेको रकमले मानसिक बिरामी युवराज नेपालीलाई भोलि नै काठमाडौको पाटन हस्पिटलमा उपचारको लागि लादै छौ।’
उहाँले सहयोग रकम उठ्ने प्रक्रिया जारी रहेको जानकारी दिंदै सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिनुभएको छ ।
लिथान निबासी बेदुराम नेपालीका छोरा २६ बर्षे युवराज चार महिनादेखि मानसिक सन्तुलनको विरामी हुनुभएको थियो । सदस्य रोकाले उपचारमा सहयोग गर्न चाहनेलाई ९८६८६१०८३७ वा ९८४७८०१९३५ सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।