• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघ लुम्बिनीमा ५२ जनाको उम्मेदवारी (उम्मेदवारको सूचिसहित)




नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिका लागि ५२ जनाले उम्मेदवारी दिएका छन् । २१ पदका लागि हुने प्रतिष्पर्धाका लागि ५२ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रेस यूनियन र प्रेस संगठनको एउटा प्यानल तथा प्रेस चौतारीको अर्को प्यानलबाट अधिकांश उम्मेदवार रहेका छन् भने अन्य केही संगठनले पनि उम्मेदवारी दिएका छन् ।

जसअनुसार अध्यक्षमा बसन्त गिरी, भरत केसी र घनश्याम गौतम, उपाध्यक्षमा शुक्रऋषि चौलागाई, गणेशकुमार आचार्य, माधव भाट र शिवलाल सुबेदी, उपाध्यक्ष (महिला)मा चुमा आचार्य र पुष्पा खनाल, महासचिवमा बिक्रम खड्का, गोविन्दप्रसाद शर्मा, विश्वराज पछलङ्या चौधरी र श्यामलाल पोख्रेलले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै खुला सचिवमा जयसिंह केसी, काशीराम शर्मा, नरेश केसी, तिलक गाउँले र रमेश पोखरेल, सचिव (समावेशी) मा शिवकुमार सुनार र राजेन्द्र रावत क्षेत्री, कोषाध्यक्षमा नन्दराम पौडेल, नवराज भुसाल र यमनाथ घिमिरेले उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक सुदीप गौतमले जानकारी दिनुभयो ।

पाँच जना खुला सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । जसमा किरणविक्रम शाह, कुलराज बञ्जाडे, केशरबहादुर रोका, केशरमान बि.सी., गोपाल भण्डारी, जीवन डाँगी, देविराम बञ्जाडे, प्रेमनारायण आचार्य, भुवन कार्की, माधवराज न्यौपाने र सुनिलकुमार पोख्रेल रहनुभएको छ ।

महिला सदस्यका लागि पार्वती आचार्य, पार्वती बस्नेत, मिना ढकाल, सरला सुबेदी र सावित्री रसाइली, सदस्य (दलित)मा गोविन्द बिक, चिन्ताबहादुर दर्जी, शान्ति बिक, सदस्य (आदिवासी जनजाति)का लागि गणेश सारु, टेकबहादुर मास्की, भीमप्रसाद गुरुङ र सनु थापा, सदस्य (मधेशी)का लागि अंकुशकुमार श्रीवास्तव, तुलसीराम यादव, बिन्दुकुमार चौहान र रामविकास चौधरी, सदस्य (अल्पसंख्यक)मा ओरीराम चौरसिया र मों. आरिफ अन्सारीले उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक गौतमले जानकारी दिनुभयो ।

Facebook Comments