• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वरिष्ठ पत्रकार शर्माको ९० औं जन्मदिनः जिल्लामा बसेर राष्ट्रिय भूमिका निर्वाह गर्ने बहुआयामिक व्यक्तित्व




वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको ९० औं जन्मदिनको एक समारोहका बीच मनाएको छ ।
उहाँको आफ्नै निवासमा कार्यक्रम गरी जन्मदिन मनाइएको हो ।

कार्यक्रममा वक्ताहरुले शर्माको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका थिए । पत्रकारिता, साहित्य, राजनीति, समाजसेवा, शिक्षा आदिको क्षेत्रमा शर्माले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनीहरुले दाङमा बसेर राष्ट्रिय नेतृत्व गर्न सकेको बताए । उहाँको जीवन दर्शनबाट उर्जा लिनुपर्ने पनि वक्ताहरुले बताए ।

कार्यक्रममा प्राज्ञ डा अमर गिरी, प्राज्ञ उत्तमकृष्ण मज्गैया, प्राध्यापक लेखनाथ आचार्य, नागरिक समाज दाङका पूर्व संयोजक टीकाराम रेग्मी, वरिष्ठ साहित्यकार गिरिराज शर्मा, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सुशील गौतम, रेडियो स्वर्गद्वारीका स्टेशन म्यानेजर दधिराम सुवेदी, साहित्यकार खगराज शर्मालगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रम सहजीकरण शर्माका बुहारी एवं नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यले गर्नुभएको थियो ।

नयाँ युगबोध दैनिकका सस्थापक सम्पादक, राप्ती साहित्य परिषद, सर्वोदय पुस्तकालय, नेपाल पत्रकार महासंघ दाङ लगायत सस्थाका सस्थापक अध्यक्ष, नेकपा दाङका सस्थापक सेक्रेटरीको भूमिका निर्वाह गर्नुभएका शर्माले अन्तरिम व्यबस्थापिका सदस्य र प्रेस काउन्सिल नेपालको अध्यक्ष भएर पनि नेतृत्व गरिसक्नुभएको छ ।
नब्बे बर्षे नारायण गुरुको तन्नेरीपन दिने जोशिलो कविता

Facebook Comments