नेपाल दलित मुक्ति संगठन राजपुर गाउपालिका स्तरीय एकताको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भेलाले शान्ता परियार सयोजक र भक्तबहादुर बिक सह सयोजक रहने गरि ३१ सदस्यीय गाउपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
भेलामा नेकपा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा १ नम्बर प्रतिनिधि सभा इन्चार्ज लुमाकान्त न्यौपाने सागरले नेपालको राजनैतिक परिवर्तन मा दलित समुदायको भूमिका अग्रणी रहेको बताउनु भएको थियो ।
उहाले अर्को प्रसङ्गमा क्रान्ति जित्नु ठूलो कुरा भए पनि क्रान्तिको रक्षा गर्नु र क्रान्ति ले प्राप्त गरेका उपलब्धि हरुलाई जोगाएर राख्नु अझ ठुलो कुरा भएको बताउनु भएको थियो ।
कार्यक्रम मा नेकपा दाङ जिल्ला सचिवालय सदस्य ,मिना गुरुङ ,जिल्ला सदस्य तथा राजपुर अध्यक्ष चन्द्रबहादुर खड्का , नेपाल दलित मुक्ति सगठन दाङ जिल्ला सयोजक टक सुनार ,सह सयोजक हिरालाल सुनार सारथि ,भुमी अधिकार मन्च दाङ्ग का अध्यक्ष देउमन दमाई, सगठन का जिल्ला सचिवालय सदस्य शशी परियार ,अनिल शेर्पाली र नेकपा राजपुर गापा सचिवालय सदस्य पुस्पा यादव ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल दलित मुक्ति सगठन जिल्ला सचिवालय सदस्य गुरु प्रसाद बिक को स्वागत मन्तव्यबाट सुरु भएको भेलाको अध्यक्ष मोहन लाल बिक ले गर्नु भएको थियो भने भेलाको सन्चालन देब बहादुर सुनार ले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।