• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मुक्ति संगठन दंगीशरणको एकता भेला




नेपाल दलित मुक्ति सगठन दंगीशरण गाउँपालिकाको एकता भेला सम्पन्न भएको छ ।

श्रीगाउँमा सम्पन्न भेलाले मन्जु बिक सयोजक र ऐनबहादुर बिक सहसयोजक रहेको ३१ सदस्यीय गाउपालिका स्तरीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

भेलाले फागुन २५ गतेभित्र सबै वडामा एकताको भेला गरिसक्ने, फागुन २१ गते नेकपा दाङ्गले आयोजना गरेको प्रतिगमन बिरुद्धको विशाल बिरोधसभामा उल्लेख्य सहभागिता जनाउने र फागुन २९ गते नेपाल दलित मुक्ति सगठन दाङले आयोजना गरेको घोराहीमा हुने प्रशिक्षण कार्यक्रममा जिल्लाले तोकेको कोटालाई अनिवार्य पूरा गर्ने निर्णय गरेको छ् ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य प्रमुख अतिथि हेमराज शर्मा ‘डायमण्ड’ले नेपालको दलित आन्दोलन थुप्रै उपलब्धि हासिल गरेको बताउनुभयो । अब यति मात्रै उपलब्धिले नपुग्ने भएकाले थप उपलब्धिका निम्ति र प्राप्त उपलब्धिको रक्षाका लागि अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा लुम्बिनी कमिटी सदस्य भीमबहादुर ओली, जिल्ला सचिवालय सदस्य सिमा न्यौपाने, जिल्ला सचिवालय सदस्य मनिराम चौधरी , अर्का जिल्ला सचिवालय सदस्य महेश ओली, नेपाल दलित मुक्ति मोर्चाका पूर्व केन्द्रिय सचिवालय सदस्य राधिका परियार, दंगीशरण गाउँ पार्टीका अध्यक्ष ज्योति चौधरी र नेपाल दलित मुक्ति सगठ्न दाङ्गका सहसयोजक हिरालाल सुनार ‘सारथी’ले शुभकामना दिनुभएको थियो ।

नेपाल दलित मुक्ति सगठन दाङ्ग जिल्ला सदस्य तथा दंगीशरण इन्चार्ज भरत परियारको अध्यक्षता र जिल्ला सदस्य ममता परियारको स्वागत मन्तव्य बाट सुरु भएको भेलाको सहजीकरण मन्जु बिकले गर्नुभएको थियो ।

Facebook Comments