अन्तरपार्टी महिला सञ्जाल दाङले वनभोज तथा भेटघाट कार्यक्रम गरेको छ ।
विभिन्न राजनीतिक दल तथा विभिन्न पेशा ब्यवसायमा रहेका महिला नेताहरुबीच भेटघाट र सहकार्यका लागि कार्यक्रम गरिएको अन्तरपार्टी महिला सञ्जाल दाङका अध्यक्ष सुशीला पौडेलले जानकारी दिनुभयो ।
उहाँले राज्यका सबै तहमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्वका लागि सबै महिलाहरु एकताबद्ध भएल लाग्नुपर्ने पनि बताउनुभयो ।
सञ्जालले राजनीतिक विचारलाई प्राथमिकता दिएर स्मारिका प्रकाशन गर्ने जानकारी दिंदै लेख रचनाका लागि पनि सबैमा आग्रह गर्नुभयो ।
सञ्चालले फागुन २८ गते सम्मेलन पनि गर्ने भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।