• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीका जंगलमा फोहोर फाल्ने खाल्डा




वंगलाचुलि गाउँपालीका ५ साकीनेका जंगल क्षेत्रका बाटामा पनि फोहोर फाल्ने खाल्टा बनेका छन् । वडालाई पुर्ण सरसफाइ उन्मुख बनाउन सिमेन्टका पक्की खाल्टा बनाइएको हो ।

दुई वर्ष अघि बनाइएका खाल्टा अहिले भने उद्देश्यअनुरुप प्रयोग भएका छैनन् । बटुवाले उब्जेको फोहोर त्यसैमा हाल्ने हो । जथाभावि खसालेका छन् ।

खाल्टाका आसपासमा विष्कुट, चाउचाउ, सुर्तिका खोस्टा भेटिन्छन् । खाल्टाहरु रित्तै छन् । त्यसले खर्च सदुपयोग नभएको देखाउँछ ।

धेरै सुचक पुरा गर्ने भनेर घर आँडन सफाइ, भाँडा सुकाउने चाङ, भाँडा मिच्ने जुठ्यान, फिल्टर, हरेक घरमा गल्नै नगल्ने अलग फोहोरका दुईवटा खाल्टा बनाउन लगाएको सरसफाइ समितिका सदस्य रमा पुनले जानकारी दिनुभयो । यसैगरी बाटो तथा सार्वजनिक स्थलमा खाल्टा बनाइएको छ । उहाँका अनुसार घरमा सरसफाइ सतर्कता निकै बढेको छ ।

सहकारी, वन, आमा समुह लगाएत सबै संघसंस्था एकजुट भएर पुर्णसरफाइ अभियानमा लागेका थिए । सदस्य पुनका अनुसार वडा अध्यक्ष यनुराज खत्री उर्जाशिल र केहि गर्नुपर्छ भन्ने भावनाका सकृय व्यक्ति हुनुहुन्छ । उहाँले नयाँ नयाँ उपाए ल्याएर समाजलाई केन्द्रित र सकृय पार्नुहुन्छ । त्यसै अनुरुप पुर्ण सरसफाइ उन्मुख अभियान अघि बढेको छ ।

पहिला कच्ची बनेका खाल्टा उहाँको कार्यकालमा पक्की बनाइयो । प्रत्यक महिना आफ्नो टोलक्षेत्रमा सरसफाइ गर्ने नियम बसालीयो । त्यसक्रममा बाटो पनि सफा गरेर फोहोर त्यसै खाल्टोमा हालिन्थ्यो । नजिक नजीकको दुरीमा बाटो किनारमै खाल्टा बनेका छन् । कोरोना भाइरसका कारण गत चैत ११ मा लकडाउन घोषणा पश्चात अभियान ठप्प भयो । अहिले बाटोको किनारमा रहेका फोहोरका खाल्टामा ध्यान पुग्न सकेको छैन ।

Facebook Comments