मान्छेहरुको आ- आफ्नै भिन्न भिन्न अर्थात फरक -फरक स्वभाव हुन्छ । मान्छेहरुको स्वभावलाई उक्त ठाउँको सस्कार संसकृती रहनसहन ,चाल चलचलन बानी ब्यवहार आदि ले प्रत्यक्ष असर पारेको हुन्छ ।
कोहि कसैको गरिब दिन दुखीहरुलाई सहयोग गरि समाजसेवा गर्ने बानी हुन्छ भने कोही कसैको अरुको रिस डाहा गर्ने , कुभलो चाहाने ,अरुको राम्रो हेर्न नचाहने खालको स्वभाव हुन्छ । मान्छेहरुको स्वभाव कस्तो हुन्छ? भन्ने कुरा उसले गर्ने कार्य, देखाउने क्रिया अर्थात ब्यवहारमा भरपर्दछ। मान्छेहरु कस्ता हुन्छन् भनेर चिन्न वा थाहा पाउनको लागि उसको ब्यवहार अनी कार्यको अध्ययन गर्न जरुरी छ। नत्र मान्छेको स्वभाव कस्तो हो छुटाउन कठिन हुन्छ ।
विशेषगरि आज म मेरो जन्मभूमिमा बसोबास गर्ने छिमेकी मान्छेहरुको स्वभाव र ब्यवहारको बारेमा यथार्थ बर्णन गर्दै लेख्ने प्रयास गर्दैछु तपाई हामी सबैलाई थाहा छ आफु जन्मे हुर्केको गाउँ ठाउँ सबैको लागि प्यारो हुन्छ उक्त ठाउँमा बसोबास गर्ने छिमेकीहरु प्रति छुट्टै प्रकारको आफ्नोपन र माया हुन्छ ।
आ -आफ्नो गाउँ टोल छिमेकीका मान्छेहरुको आचरण बानी ब्यवहार प्रत्येक लाई प्रत्येकको थाहा हुन्छ । यो लेख मार्फत म गाउँमा बसोबास गर्ने केही डाहा रीस भएका मान्छेहरुको ब्यवहारलाई परिवर्तन गर्ने उदेश्यले लेख्ने प्रयास गरेको छु। हुन त यस्ता लेख ती रिस डाहा गर्ने मान्छेहरुले नपढलान तर पनि मनले सोचेका केहि नकारात्मक कुराहरु लेखी सकारात्मक परिवर्तन गर्न मेरो उदेश्य छ ।
पश्चिम रोल्पाको सबैभन्दा बिकट र पश्चिम् भुभागमा पर्ने,मेरो गाउँ बस्ती बिकासको हिसाबले अत्यन्तै पछाडि छ ,जहाँ प्राकृति हिसाबले अत्यन्तै सुन्दर ,अनि रमणीय ठाउँ छ,करिब २५ सय मिटर उचाईमा रहेकोे मेरो गाउँ बस्ती ,त्यहा बाट हेर्दा रोल्पाका धेरै बस्तीहरु र सल्यानका केहि भुभाग देख्न र अवलोकन गर्न सकिन्छ।
बिकासको हिसाबले हाल सम्म पनि सडक बाटो पुगेको छैन हिजोआज बाटोको लागि बजेट छुटाएको भन्ने हल्ला भने गाउँघरमा मचिएको छ। सायद भ्रष्टाचार गर्नेहरुको बीचमा भागबन्डा नमिलेर होला बाटो सुचारु भने हालसम्म भएको छैन।
विद्युत भने कतिपय गाउँले आफ्नै लगानीमा बालेका छ्न ,भने कतिपय गाउँ छिमेक अझै अध्यारोमै बस्न बाध्य भएका छ्न बिधुत उत्पादन गर्ने संभावनाहरु भने प्रशस्तै छ्न तर चासो भने कोहि कसैको छैन ।
खानेपानीको कुरा गर्ने हो भने पानीका मुहानहरु प्रशस्तै छ्न तर कोही कसैले मुहान बाट पानी ल्याउने उपाय खोज्दैन बरु आफ्नो घरमा पानी नआएपछि छिमेकीहरु संग कलह मच्चाएर बस्छन् । स्थानीय सरकार र ठुला ठाली संग समस्या कोही कसैले राख्दैन । ठुलाठालीको ध्यान तेत्ता तिर जादैन।
संरक्षण र बिकास गर्ने तिर ध्यानाकर्षण कसैको छैन ।
स्कुल / कलेजको नाममा गाउँ नजिक एउटा प्राबी स्कुल छ। त्यसमा पनि प्रभाकारी शिक्षण सिकाई क्रियाकलाप छैन । बालबालिकाहरुको बिचल्ली छ। स्वास्थ्यको कुरा गर्ने हो भने कुनै जटिल रोग लागेमा जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
यहाँ बसोबास गर्ने धेरैको अनुहार देख्दा मात्रै मान्छे लाग्छ नत्र ब्यवहार त पशु भन्दा कम छैन । रिस , डाहा गर्ने प्रबिधि, अरुको कुभलो ,आफु मात्रै खाउ लगाउ , धनी मान्छे बनौं!भन्ने प्रबिधि यस्ता स्वभाव भएका मान्छे भन्निने बसोबास गर्ने मेरो गाउँलाई बुझाउन, सम्झाउन निकै चुनौती छ। पढेलेखेकाहरुको पनि उस्तै ताल छ उहीँ बा को गुण छ उहीँ आमाको गुण छ रुढीबादी परम्परा छ ।
बुढापाकाको नेतृत्व छ युवा जति विदेशी भुमिमा छ ।
कसैको छोराले बिदेशी भुमिमा दुख गरेर धेरै कमायो अर्कोलाई डाहा छ ,कसैको छोराले पढेर जागिर खायो रिस छ,कसैले छोराछोरी शहरमा पढ्न पठायो डाहा छ ।उत्पादन शुन्य छ प्रतिस्पर्धा स्याउला दाउरामा छ । न बर्षभरी खाने अन्न उत्पादन हुन्छ नत अरु केहि फलफुल छ त्यही पनि छिमेकीहरु बीच जंगल खाना नपाएर मनमुटाव छ ।
रिसले के फाईदा गर्छ ? अरुको डाहा गरेर तिमीहरूलाई के के फाईदा छ ? के रीस डाहा गर्नु राम्रो हो त ? यस्तै यस्तै प्रश्न मनमा आउछन् र सोच्छ बाच्नजेलि त हो । त्यसैले कुभलो नसोच ! मेरो भनाइ त यति हो । मर्दा के नै लिन्छौं र त्यसैले एकपटक सबैले सोचौं परिबर्तन ल्याउने प्रयास गरौं । हामी सबैले ब्यवहारमा परिवर्तन गरौं सकारात्मक सोच राखौ परिबर्तनशिल बनौं र सबैको भलो सोचौं !
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।