• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मंसिर २७ अर्थात हामीले प्यारो दाई गुमाएको त्यो कालो दिन




आदरणीय दाजु डिल्लीरमण खडका (क.उपहार )
हृदयदेखि नै अपार माया तथा हार्दिक श्रद्धाञ्जली !

दाजु कोरोनाको भयाबह अबस्था राजनैतिक खिचातानीको विषम परिस्थितिको राप र चापको बिचमा भय पनि आजको मिति सम्म हामी सब परिवार आफन्ती र सुभचिन्तक आराम छौ । दाजु तपाईको भौतिक शरीर हामी माझ नभए पनि हजुरको आत्मा हजुरका सुनौला सपना सधै आराम रहोस देश जनताको निम्ति अन्याय अत्याचारको प्रतिपक्षमा सतिसाल झै रहि रहोस भन्ने कामना गर्दै दुई अक्षर दोर्सो पत्र कोर्दै छु दाइ तपाईको सम्झनामा बिगत सम्झेर टाेलाउछौ ।

कल्पनामा पत्तै नपाएर आज हजुरले हामिलाई छोडेर गयको अठार बर्ष पनि पुगेछ आज जस्तै लाग्छ दाजु त्योे तपाइँको सहादत भएको १८ बर्ष बितिसक्यो ।तर हामीलाई त्यो कालो दिन साच्चै आज पनि पीडा दिन फेरि आएछ । अझै त्यो पीडाको घाउमा खत बस्नुको साटो देशको अबस्था र व्यबहारले हामीलाई झनै बिषाएर चहराएको महसुस भैरहेको छ । हामी र हामीजस्तै त्याग तपस्या रगत पसिना बलिदानी दिने परिवारलाई हर सहिदको रगतले यसरी नै झस्काइरहेको होला ।

दाजु, तपाइँले देशमा शोषित, पीडित जनताको न्यायको लागि विभिन्न जातिय उत्पीडन , बर्ग, लिंङ्गगायत सबैखाले विभेदको अन्त्यका लागि मुक्ति या मृत्युको यात्रारत रहदैगर्दा यो धर्तीबाट सहादत प्राप्त गर्नुभयो । बर्षले तपाइँ सहिद भएको १८ बर्ष पुगे पनि हरेक बर्षको मंसिर २७ सँधै कालो दिन बनेर हामीमाझ आइपुग्छ । २०५९ मंसिर २७ गते बाँकेको बैरियामा सहादत भएको दिन सम्झन्छौं, रुन्छौं र शोकलाई शक्तिमा बदल्ने प्रण गर्छौं ।

कति कठोर र निर्मम थियो समय, हामीले तपाइँको पार्थिक शरीरमा एक थुंगा फूल पनि चढाउन पाएनौं । १३ दिनपछि ‘हजुरको छोरा जनयुद्धको रणमैदानमा सहिद हुनुभयो’ भन्ने रातो मसीले लेखेको पत्र पाउँदा हाम्रो परिवारमा आएको भूँइचालो २०७२ बैशाख १२ को भन्दा कम बेगवान त थियन नै । बहत्तरको भूइँचालोले घर ढलाए, वस्ती उजाडिए तर २०५९ मंसिर २७ को भूइँचालोले मुसुक्क मुस्कुराउन हिमाल ढलेको थियो, आमाको काख रित्तियको थियो बाबा को आस गुमेको थियो त्यो हाम्रो आस्था र विश्वासको सगरमाथा ढलेको थियो ।

दाजु शब्द कति प्यारो थियो है यो शब्द आफैमा । शब्द मात्रै हैन साँच्चै दाजु शब्द कति महान जो कसैको दाजु महान् हृदय, महान् आत्मा, महान् अठोट, महान् संकल्प, आदर्श पात्र हुनु हुन्थ्यो तपाईं गाउँ समाजमा नमुनायोग्य पात्र हुनुहुन्थ्यो मेरो दाजु त्यस्तै क्षमतावान पनि । बाबा, आमा, म, मेरा भाई बहिनी र गाउँ समाज सबैको निमित्त। तर, अब ती सबै कुरा एकादेशको कथा जस्तै बनिसका छन् ।

आज मेरो आमा, बाबा भाइ, बहिनीले हजुरलाई गुमाएको पनि १८ बर्ष पुगिसकेछ। दाजु तिमी पहाड भन्दा गह्रौं सुन हिरा भन्दा मुल्यवान मृत्यु रोजेर महान् भयौ जुन बेला आमाको काख र बुवाको आस चक्नाचुर भएको थियो । लाग्थ्यो हजुरको त्यो महान् बलिदानीको कुनै दिन कदर होला भन्ने ऐतिहासिक दस्ताबेज बन्ला । तर आजसम्म १८ बर्ष भयो दाजु त्यो कदरलाई कुरेको। थाहा छैन दाजु अझै कत्ति बढी कुर्न पर्ने हो त्यो कदरतालाई ? तपाईलाई नेतृत्व गर्ने कमान्डर नेतृत्वले भुलेर त्यो गौरबमय इतिहासिक बलिदानीलाई बालुवामा पानी सरि मिसाईदिय छुट्टाउन नमिल्ने गरि दाजु।

तर दाजु मलाई अझै पनि याद छ त्यो रात, हजुर भूमिगत भएर मलाई बाल कल्याण मा. बि. झुल्खेत बाट सङ्गै घर फर्किने दाजु बहिनीको बाटो फरक लक्ष्य फरक भयको जब विद्यार्थीको मोर्चाबाट पार्टीको आबश्कता पुर्तिको लागि जनमुक्ती सेनाको तालिम लियर घर पाएक आएर पनि बाबा र बहिनिलाई भेटन सिउराम खड्का (क तोरि) बाजेको घर सम्पर्क स्थान दियको अनि आमा सन्तानको मायाले बनायको कोसेली खिर, तरुल, सातु, खाजा र खुर्मा बोकेर गाउमा कसैले जानकारी नपाउने गरि बाबा भेट्न गएको हिजो जस्तै लाग्छ ।

त्यस पछि पनि पार्टीको शैन्य मोर्चाको इमान्दारीता र बफादारिता निभाउदै छोटकरीमा भेट भएका पल हामिले मनायको खुसी हर्ष र उल्लासमय दशै त्यहि थियो २०५९ सालको दशै अनि दशै पछि भिमदत्त खड्का (क.सन्तोस) अन्कल र हरि बहादुर ओलि (क.भुमी ) मामा सङ्ग सङ्गै हाम्रो घरबाट मरे सहिद बाचे युद्धको दुई चार मोर्चा लडाइँ पछि माघ फाल्गुनमा आउछु भनेर बाबा आमा र भाइ बहिनिको रेखदेखको जिम्मेवारी सुम्पेर गैरीनेटा मेलामा भेट्न भन्दै घरबाट गयको मेलामा प्रतिरोध सास्कृतिक परिवार को सास्कृतिक कार्यक्रम मेलाको रौनकमा बदाम सुन्तला खादै गर्दा तत्कालीन शाही सेना मेला पसेको खबरले हतासमा छुट्टीएको हाम्रो भेट्न् नै त्यही अन्तिम भयो जति हर्ष उल्लासमय रुपमा रमाईलो गरि २०५९ को दशै तिहार मनाएका थियौ त्यसपछी हजुरको २०५९ /८/२७ हजुर को सादत त्यसपछि आउने आगामी सालका दशै तिहार कहिले हर्ष उल्लासमय छैनन दाजु तिमी सङ्गको मेलामा हतासमय दौडाईमा छुट्टीदा देखि खसेका आँसु अझै नि हजुरको यादमा हरेक चाड पर्बमा झर्छ्न खल्लो लाग्छ त्यो पुर्ण घर अपुरो अनि त्यो रमाईलो गाउँ शून्य लाग्छ ।

दाजु अहिले तपाईं भएको भए साँच्चै म यो प्रश्न गर्ने थिएँ, साच्चिकै गरिब दुखिका छोरा छोरीहरुको भबिष्य सुनौलो भयो त दाजु ? के ती धनी र गरीब बिचको गहिरो खाडल पुरियो त दाजु ? जाती लिङ्ग बर्गिय विभेद अन्त्य कहाँ भयो ? सास्कृतिक बिकृती बिसङ्गतिको अन्त्य र रुपान्तरण भयो कि भयन ? तर थाहा छ यो उत्तर हजुरबाट पाउन सक्दिन। सायद यो प्रश्नको उत्तर त अहिलेका हजुरका मित्रबाट र हजुरलाई कमान्डर गर्ने नेतृत्वबाट पाउनु पर्ने हो ।

तर असम्भब छ दाजु । हजुरका मित्रहरु, अहिलेका नेताहरु आफ्नै सन्तानका मात्र भबिष्य कोर्दै छन्, आफ्नै सम्पतिलाई मात्र खाडलमा पुरेर भविष्यमा आफ्ना नाति, पनातिको पनि भबिष्य सुनिस्चित गर्दै छन्। अनि सोच्छु हजुरको सपना पनि अब पुरा हुन्नन् जस्तो लाग्दछ । यसो भन्दै गर्दा मलाई अराजकताको आरोप पनि लाग्न सक्छ । फलानाको परिवारले ठुलो कुरा गर्यो । दाजुको सपना आफै पुरा गरे भैहाल्यो नि भन्न पनि सक्छन् हजुरका कमान्डर र सहकर्मि मित्रहरुले । यस्तो गैरजिम्मेवारी अभिव्यक्ति पनि म माथि आउन सक्छ। दाजु हामी अहिले पनि तपाईले देखाएको बाटोबाट बिचलित भएका छैनौ ।

हामी अझै पनि देखाएको बाटो मै हिंडिरहेको छौ । कतै सहिदको ती सपनाहरु तुहिएर जाने त हैनन्, ती सपनाहरु तुहाइने त हैन ? म कहिले काहीं भेट हुँदा हजुरका मित्रहरुसंग यो प्रश्न हरेक पटक राख्छु, तर उत्तर जहिले पनि एकै खालको पाउँछु, ‘हामी त्यो महान् यात्राबाट बिचलित छैनौं भन्ने झुठो बध्यकारी आस्वासन ’। थाहा छ दाजु यो उत्तर पाउन थालेको नि १८ बर्ष पुगिसक्यो।

दाजु एउटा अन्तिम बिन्ति है मेरो यो जुनीमा त बिचैमा छोडेर अग्रज सन्तानको परिवारको लागि जिम्मेवारी मलाई सुम्पियर जानू भयो तर अर्को जुनीमा यसो नगर्नु है ल। म तपाईकै अभिभाकत्वमा सधै दशैको आशीर्वाद र तिहारको भाईटीका सयपत्रीको माला सङ्गै दुई भाइ दुई बहिनी सङ्गै भयर लगाउन मन छ यो जुनी मात्र हैन जुनी जुनी मलाई तिम्रै प्यारो बहिनी बनेर सङ्गै झोला बोकेर बिगत झै स्कुल जान मन छ।

म यो पनि बिन्ती गर्छु कुनै नेतृत्वले आदर्श बादी नारा खोकेर कुनै बर्गिय लिङ्गिय जातीय उत्पीडनको बिरुद्धमा सुनौलो आसा भरोसा दिलाएर ब्यक्ति गत स्वार्थ सिद्द गर्ने हेतुले कुनै आमाको काख कुनै बुवाको आस र कुनै भाइ बहिनिको साथ कसैको छोरा छोरीले गुमाउने ती कहाली लाग्दा दिन फर्केर न आईदिउन । कुनै नेतृत्वले ईतिहासिक दस्ताबेजलाई नामेट पारिने गरि सत्ता सक्तिको भोग गर्ने रक्तिम ईतिहासलाई पैताला कुचलेको देख्न नपरोस ।

दाजु तपाईले १६ बर्षको कलिलो उमेरमा जनमुक्ति सेनाको मोर्चा समालेर तपाइँले देखाएको त्यो बहादुरी र साहसप्रति हामीलाई गर्व छ र भइररहने छ दाई । तर, हाम्रो गम्भीर गुनासो पनि छ, तपाइँको त्यो बाल मस्तिष्कमा आदर्शरुपी बारुद भरेर समाजवाद र साम्यवादको यात्रा अघि बढाउने तपाइँका कमाण्डरहरुले नै कतै समाजवाद र साम्यवाद त छाडेनन् ? तपाइँको रगत बगेकोमा हामी गर्व गर्छौं दाइ तर तपाइँका कमाण्डरले तपाइँको जस्तै त्याग र बलिदानको बाटो बाट बिचलित भयको गुट, फुट र लूटको फोहोरी राजनीति गरेकोमा घोर आपत्ति छ हाम्रो ।

आज हामी नजिकबाट हेरिरहेका छौं, देखिरहेका छौं– रक्तमुछेल क्रान्तिको यात्रालाई बीच बाटोमै टुंग्याउने प्रयास मात्रै हुँदैछैन, तपाइँको रगतलाई पद, पैसा, प्रतिष्ठा र पहुँचका लागि प्रदूषित गर्ने अपराध पनि हुँदैछ । तपाइँको साम्यवादको सपना थियो । साम्यवादमा सबै बराबर हुन्छन् भन्ने भावना हुन्छ तर मुट्ठीभर नेता कार्यकर्ताका सपना पूरा हुँदैमा सहिदका सपना पूरा भएको मानिने छैन दाई । तपाइँ वर्ग संघर्ष भन्दै वर्गीय मुक्ति जिन्दावादको नारामा शरीर उडाउन तयार हुनुभयो तर आज वर्ग होइन, नातेदारी हावी हुँदैछ दाइ, त्यो पनि निहित स्वार्थका लागि ।

हामी गर्व गर्छौं, यो गणतन्त्र यो संविधान यो संघीयता हाम्रा दाइहरुको रगतको बीजबाट उम्रेको हो । तर, हाम्रो खेद पनि छ, गणतन्त्रका लागि बगेको रगतलाई हिलो सरी कुच्ने काम हुँदैछ । हामीलाई ठूलै कुरा चाहिएको होइन दाइ, तपाइँहरुले जुन सपनामा रगत बगाउनुभयो, तपाइँका कमाण्डरहरुले कम्तीमा त्यो सपना नभुलिदिउन् । निच नाता र परिवारको घेराभित्र हराएका तपाइँका कमाण्डरहरु वर्गीय घेरासम्म आइदिउन् ।

हाम्रो एउटै मात्र प्रश्न हो दाइ– तपाइँले जुन सपना देखेर रगत बगाउनुभयो– त्यो समाजवाद र साम्यवादको गन्तव्य कति टाढा छ । हिजोको जस्तै जनतालाई मायाँ गर्ने पार्टी कहिले बन्छ ? जनताकै घरदैलोमा पुगेर साग सिस्नू खाँदै वर्गीय नाता गाँस्ने नेताहरु कहिले भेटिन्छन् । सबैखाले मुक्ति वर्गीय मुक्तिबाटै संभव छ भन्दै वर्ग संघर्षमा गोलबन्द भएका वर्गीय संगठनहरु गाउँटोलमा कहिले देख्न पाइन्छ ?

हिजो एउटै मनपेट गरेर लडेका नेताहरु अहिले शिशाजस्तै कहिल्यै नगाँसिने गरी किन फूटे ? कुनै स्पष्ट कारण छैन ,उनीहरु फेरि जुट्छन् कि जुट्दैनन् ? हिजो संगठन नेतृत्वबीच हुने बिश्वास, दया, माया, सहयोग, सहानुभूति, सामिप्यता र गोपनीयताको ‘कमरेड्ली’ भावना मरिसक्यो ? समय फेरिएको छ, यात्रामा नयाँ यात्री थपिएका छन् तर नयाँ यात्रीले पुराना सहयात्रीलाई सम्मान होइन एक अर्कामा आरोप प्रत्यारोप गर्ने र हरेक कदममा स्वार्थको खेती मौलाउदै छ । नयाँ यात्री र पुराना यात्रीको यात्रा सहकार्य निस्वार्थ भाबले अघि बढला या पदिय स्वार्थका लागि फेरि बिगत झै टुक्रीएलान ? त्यो हेर्न बाकी नै छ सहिद, बेपत्ता र घाइते त्यो महान जनयुद्धको स्वर्निम इतिहास जिबित रहन्छ कि रहदैन भन्ने मा नै सन्का छ ।

साँच्चिकै दाई, हिजोको आदर्श, विचार र वर्गको कुरा अहिले पूरै बालुवामा पानीजस्तो भएको छ । हिजो बिकृति बिसंगति, कुसंस्कार कुलतका विरुद्धमा नैतिकताको पाठ सिकाउने तपाइँका कमाण्डरहरु आज ज्यूदै मृत अवस्थामा भेटिदा भक्कानिएर रुन मन लाग्छ । सबैतिर सत्ता र शक्तिको दम्भ, पद र प्रतिष्ठाको लोभ अनि बिलासिताको भोग, तपाइँको सपनालाई यही भूतले लखेटिरहेको छ निरन्तर, त्यसैले त हामी पीडामा तपाइँको सपनालाई यही भूतले लखेटिरहेको छ निरन्तर, त्यसैले त हामी पीडामा छौं । तपाइँलाई १८ बर्षअघि एकपटक गुमायौं तर तपाइँका सपना पटक पटक गुमाउनुपर्दा पटकपटक पीडा ब्यहोरिरहेका छौं ।

यहाँ स्वाभिमान। अस्तित्व र आदर्शभन्दा ठूलो पद, प्रतिष्ठा र पहुँचको लागि राजनीति गर्नेहरुको बोलवाला बढ्दैछ । यहाँ निहित स्वार्थका लागि जुट्ने र निहित स्वार्थका लागि पार्टी टुक्राटुक्रा पार्ने होडबाजी छ स्वाभिमानी, इमान्दार र आदर्शवादीहरु अल्पमतमा पर्दैछन् । हामीले दाइ गुमायौं, बुवाआमाले छोरा गुमाउनुभयो । यस्तै १७ हजार बढीका आफन्त परिवारको सदस्य गुमाउनुको पीडामा छौं ।

हामीले तपाइँहरुको भौतिक शरीर त गुमायौं दाइ, अब जति रोइकराइ गरे पनि पाउने छैनौं तर तपाइँहरुले देखेका सपना पनि गुमाउँदै गएकोमा हामीलाइ बढी पीडा छ । हामी दाइको मलामी जान पाएनौं तर सपनाको मलाली जान बाध्यता हामीमा आई नपरोस दाजु तपाईं त एउटा उज्ज्वल तारा बनेर ती महान् स्वाभमानका साथ सहिदहरुसंगै लामबद्ध भएर त्यो आकाशमा चम्किरहनु । त्यो पारिको निश्चल हिमालमा मुस्कुराउनु सधैं यसरी नै चम्किरहनु अनि मुस्कुराउनु ताकी हामी धर्तीमा बाँच्नेहरुले त्यही ताराका प्रकाशमा तपाईंहरुको मुस्कान देख्

हामी अझै पनि देखाएको बाटो मै हिंडिरहेको छौ । कतै सहिदको ती सपनाहरु तुहिएर जाने त हैनन्, ती सपनाहरु तुहाइने त हैन ? म कहिले काहीं भेट हुँदा हजुरका मित्रहरुसंग यो प्रश्न हरेक पटक राख्छु, तर उत्तर जहिले पनि एकै खालको पाउँछु, ‘हामी त्यो महान् यात्राबाट बिचलित छैनौं भन्ने झुठो बध्यकारी आस्वासन ’। थाहा छ दाजु यो उत्तर पाउन थालेको नि १८ बर्ष पुगिसक्यो।

दाजु एउटा अन्तिम बिन्ति है मेरो यो जुनीमा त बिचैमा छोडेर अग्रज सन्तानको परिवारको लागि जिम्मेवारी मलाई सुम्पियर जानू भयो तर अर्को जुनीमा यसो नगर्नु है ल। म तपाईकै अभिभाकत्वमा सधै दशैको आशीर्वाद र तिहारको भाईटीका सयपत्रीको माला सङ्गै दुई भाइ दुई बहिनी सङ्गै भयर लगाउन मन छ यो जुनी मात्र हैन जुनी जुनी मलाई तिम्रै प्यारो बहिनी बनेर सङ्गै झोला बोकेर बिगत झै स्कुल जान मन छ।

म यो पनि बिन्ती गर्छु कुनै नेतृत्वले आदर्श बादी नारा खोकेर कुनै बर्गिय लिङ्गिय जातीय उत्पीडनको बिरुद्धमा सुनौलो आसा भरोसा दिलाएर ब्यक्ति गत स्वार्थ सिद्द गर्ने हेतुले कुनै आमाको काख कुनै बुवाको आस र कुनै भाइ बहिनिको साथ कसैको छोरा छोरीले गुमाउने ती कहाली लाग्दा दिन फर्केर न आईदिउन । कुनै नेतृत्वले ईतिहासिक दस्ताबेजलाई नामेट पारिने गरि सत्ता सक्तिको भोग गर्ने रक्तिम ईतिहासलाई पैताला कुचलेको देख्न नपरोस ।

दाजु तपाईले १६ बर्षको कलिलो उमेरमा जनमुक्ति सेनाको मोर्चा समालेर तपाइँले देखाएको त्यो बहादुरी र साहसप्रति हामीलाई गर्व छ र भइररहने छ दाई । तर, हाम्रो गम्भीर गुनासो पनि छ, तपाइँको त्यो बाल मस्तिष्कमा आदर्शरुपी बारुद भरेर समाजवाद र साम्यवादको यात्रा अघि बढाउने तपाइँका कमाण्डरहरुले नै कतै समाजवाद र साम्यवाद त छाडेनन् ? तपाइँको रगत बगेकोमा हामी गर्व गर्छौं दाइ तर तपाइँका कमाण्डरले तपाइँको जस्तै त्याग र बलिदानको बाटो बाट बिचलित भयको गुट, फुट र लूटको फोहोरी राजनीति गरेकोमा घोर आपत्ति छ हाम्रो ।

आज हामी नजिकबाट हेरिरहेका छौं, देखिरहेका छौं– रक्तमुछेल क्रान्तिको यात्रालाई बीच बाटोमै टुंग्याउने प्रयास मात्रै हुँदैछैन, तपाइँको रगतलाई पद, पैसा, प्रतिष्ठा र पहुँचका लागि प्रदूषित गर्ने अपराध पनि हुँदैछ । तपाइँको साम्यवादको सपना थियो । साम्यवादमा सबै बराबर हुन्छन् भन्ने भावना हुन्छ तर मुट्ठीभर नेता कार्यकर्ताका सपना पूरा हुँदैमा सहिदका सपना पूरा भएको मानिने छैन दाई । तपाइँ वर्ग संघर्ष भन्दै वर्गीय मुक्ति जिन्दावादको नारामा शरीर उडाउन तयार हुनुभयो तर आज वर्ग होइन, नातेदारी हावी हुँदैछ दाइ, त्यो पनि निहित स्वार्थका लागि ।

हामी गर्व गर्छौं, यो गणतन्त्र यो संविधान यो संघीयता हाम्रा दाइहरुको रगतको बीजबाट उम्रेको हो । तर, हाम्रो खेद पनि छ, गणतन्त्रका लागि बगेको रगतलाई हिलो सरी कुच्ने काम हुँदैछ । हामीलाई ठूलै कुरा चाहिएको होइन दाइ, तपाइँहरुले जुन सपनामा रगत बगाउनुभयो, तपाइँका कमाण्डरहरुले कम्तीमा त्यो सपना नभुलिदिउन् । निच नाता र परिवारको घेराभित्र हराएका तपाइँका कमाण्डरहरु वर्गीय घेरासम्म आइदिउन् । हाम्रो एउटै मात्र प्रश्न हो दाइ– तपाइँले जुन सपना देखेर रगत बगाउनुभयो– त्यो समाजवाद र साम्यवादको गन्तव्य कति टाढा छ । हिजोको जस्तै जनतालाई मायाँ गर्ने पार्टी कहिले बन्छ ? जनताकै घरदैलोमा पुगेर साग सिस्नू खाँदै वर्गीय नाता गाँस्ने नेताहरु कहिले भेटिन्छन् । सबैखाले मुक्ति वर्गीय मुक्तिबाटै संभव छ भन्दै वर्ग संघर्षमा गोलबन्द भएका वर्गीय संगठनहरु गाउँटोलमा कहिले देख्न पाइन्छ ?

हिजो एउटै मनपेट गरेर लडेका नेताहरु अहिले शिशाजस्तै कहिल्यै नगाँसिने गरी किन फूटे ? कुनै स्पष्ट कारण छैन ,उनीहरु फेरि जुट्छन् कि जुट्दैनन् ? हिजो संगठन नेतृत्वबीच हुने बिश्वास, दया, माया, सहयोग, सहानुभूति, सामिप्यता र गोपनीयताको ‘कमरेड्ली’ भावना मरिसक्यो ? समय फेरिएको छ, यात्रामा नयाँ यात्री थपिएका छन् तर नयाँ यात्रीले पुराना सहयात्रीलाई सम्मान होइन एक अर्कामा आरोप प्रत्यारोप गर्ने र हरेक कदममा स्वार्थको खेती मौलाउदै छ । नयाँ यात्री र पुराना यात्रीको यात्रा सहकार्य निस्वार्थ भाबले अघि बढला या पदिय स्वार्थका लागि फेरि बिगत झै टुक्रीएलान ? त्यो हेर्न बाकी नै छ सहिद, बेपत्ता र घाइते त्यो महान जनयुद्धको स्वर्निम इतिहास जिबित रहन्छ कि रहदैन भन्ने मा नै सन्का छ ।

साँच्चिकै दाई, हिजोको आदर्श, विचार र वर्गको कुरा अहिले पूरै बालुवामा पानीजस्तो भएको छ । हिजो बिकृति बिसंगति, कुसंस्कार कुलतका विरुद्धमा नैतिकताको पाठ सिकाउने तपाइँका कमाण्डरहरु आज ज्यूदै मृत अवस्थामा भेटिदा भक्कानिएर रुन मन लाग्छ । सबैतिर सत्ता र शक्तिको दम्भ, पद र प्रतिष्ठाको लोभ अनि बिलासिताको भोग, तपाइँको सपनालाई यही भूतले लखेटिरहेको छ निरन्तर, त्यसैले त हामी पीडामा तपाइँको सपनालाई यही भूतले लखेटिरहेको छ निरन्तर, त्यसैले त हामी पीडामा छौं ।

तपाइँलाई १८ बर्षअघि एकपटक गुमायौं तर तपाइँका सपना पटक पटक गुमाउनुपर्दा पटकपटक पीडा ब्यहोरिरहेका छौं ।यहाँ स्वाभिमान। अस्तित्व र आदर्शभन्दा ठूलो पद, प्रतिष्ठा र पहुँचको लागि राजनीति गर्नेहरुको बोलवाला बढ्दैछ । यहाँ निहित स्वार्थका लागि जुट्ने र निहित स्वार्थका लागि पार्टी टुक्राटुक्रा पार्ने होडबाजी छ स्वाभिमानी, इमान्दार र आदर्शवादीहरु अल्पमतमा पर्दैछन् । हामीले दाइ गुमायौं, बुवाआमाले छोरा गुमाउनुभयो । यस्तै १७ हजार बढीका आफन्त परिवारको सदस्य गुमाउनुको पीडामा छौं ।

हामीले तपाइँहरुको भौतिक शरीर त गुमायौं दाइ, अब जति रोइकराइ गरे पनि पाउने छैनौं तर तपाइँहरुले देखेका सपना पनि गुमाउँदै गएकोमा हामीलाइ बढी पीडा छ । हामी दाइको मलामी जान पाएनौं तर सपनाको मलाली जान बाध्यता हामीमा आई नपरोस दाजु तपाईं त एउटा उज्ज्वल तारा बनेर ती महान् स्वाभमानका साथ सहिदहरुसंगै लामबद्ध भएर त्यो आकाशमा चम्किरहनु । त्यो पारिको निश्चल हिमालमा मुस्कुराउनु सधैं यसरी नै चम्किरहनु अनि मुस्कुराउनु ताकी हामी धर्तीमा बाँच्नेहरुले त्यही ताराका प्रकाशमा तपाईंहरुको मुस्कान

दाजु तपाईं त एउटा उज्ज्वल तारा बनेर ती महान् स्वाभमानका साथ सहिदहरुसंगै लामबद्ध भएर त्यो आकाशमा चम्किरहनु । त्यो पारिको निश्चल हिमालमा मुस्कुराउनु सधैं यसरी नै चम्किरहनु अनि मुस्कुराउनु ताकी हामी धर्तीमा बाँच्नेहरुले त्यही ताराका प्रकाशमा तपाईंहरुको मुस्कान देख्न पाउँ, तपाईंका सपनाले अग्रगामी बाटोमा झकझक्याइ रहोस्। सम्मान र सलाम दाजु हजुर र सम्पुर्ण महान सहिदहरु लाई, दाजु तपाईले देखाएको बाटोबाट कहिल्यै बिचलित छैनौ हामी । दाजु सधैं अमर रहनु हामी सधैं हजुरको अमरत्वको निमित्त लडिरहनेछौँ।
सम्पुर्ण जनयुद्ध जन आन्दोलनका सहिदहरुमा उच्च सम्मानका साथै सलाम !!
महान सहिदहरु अमर रहुन !!
सहिदका सपनाहरुलाई मर्न नदिउँ नमारौ , सधैं ती सपनाहरुको सम्मान गर्दै र सपना पूरा गर्न लागि परौ !!

Facebook Comments