दुर्गम भूगोल तथा पहाडी भूभाग मध्यकोे एक हो, रुन्टीगढी गाउँपालिका । यो गाउँपालिका रोल्पा जिल्लाको दक्षिण भूभागमा पर्ने होलेरी बजारमा नजिकै अवस्थित रहेको छ । यो गाउँपालिका समुन्द्र सतहदेखि १८३० मिटरको उचाईमा रहेको छ ।
रुन्टी र गढी मिलेर रुन्टीगढी बनेको हो । यो पालिकामा अधिकांश मासिनहरु व्यवसायीक कृषि पेशामा आवद्ध रहेका छन् । पर्यटन क्षेत्रमा नौलो आयामका साथ अगाडि बढिरहेको रुन्टीगढी गाउँपालिका देशभरका ७५३ वटा स्थानीय तहहरु मध्यकै एक अग्रपंक्तीको रुपमा खडा भएको छ ।
स्वर्गद्धारी महाप्रभुको जन्म भएको स्थान रुन्टी, स्वर्गद्धारी महाप्रभुको तपोभूमी ऐतिहासिक गढीलेक) ,शिव पार्वती गुफा र भारत देखिने मुरुल्ले लेकहरु यस गाउँपालिकाको प्रमुख पर्यटकीय धरोहर हन् ।
रोल्पाको प्रवेशद्धारा मानिने होलेरी बजारदेखि करिब २.५ किलोमिटर हिडिसकेपछि अग्लो लेकमा रहेको स्वर्गद्धारी महाप्रभुको तपोभूमी तथा ऐतिहासिक गढीलेकमा पुगिन्छ । होलेरी बजारदेखि उकालो चढ्दा थकाइको महसुस भएपनि गढीलेकमा पुगेपछि भने त्यहाँको वातावरणले मन लोभ्याइदिन्छ र थकाइ छेनभरमै विर्सन विवस बनाउछ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मानिने गढीलेक निकै रमनीय र सुन्दरमय ठाउँ छ ।
गढीलेक समुन्द्र सतहदेखि करिब २११७ मिटरको उचाईमा रहेको छ । गढीलेक रोल्पाको दक्षिण भूभागकै अग्लो ठाउँ हो । जहाँबाट दाँतजस्तै लहरै मिलेर बसेका हिमालहरु देख्न पाइन्छ । बिहानीपख घामका किरणसँगै हिमालका ती मनमोहक दृश्य देख्नपाउँदा कस्को मन प्रफुल्ल हुदैन र ? पर्यटकहरुले लेकबाट उत्तरी भेगमा रहेका सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुछ«े हिमाल लगाएतका अन्य हिमालहरु प्रत्यक्ष रुपमा दृश्यावलोकल गर्न सक्छन् ।
त्यतिमात्र नभएर सफा मौसमको बेलामा पुर्वी बेल्टमा रहेको पाथीभारा हिमालको अनुमानित एकफिटसम्मको चुच्चो देख्ने सकिने पनि किम्बदन्तीको रुपमा रहदै आएको छ । यहाँबाट थुप्रै हिमाल, तराईका समथर फाट र भारतको उत्तरी प्रदेशका केही ठाउँहरु समेत देख्न सकिन्छ । अझ यो स्थानदेखि पर्यटकहरुले विभिन्न जिल्ला गरी ५२ जिल्ला देख्न सकिने कुरा पनि रहदै आएको छ ।
बाईसे, चौबिसी राज्यहरुको बेलामा राजाहरुले आफ्नो दुस्मनलाई परास्त गर्नका लागि गढीलेकलाई बलियो सुरक्षाको किल्लाको बनाएर बसेका थिए । दुस्मन विरुद्ध लड्नका लागि स्थापना गरेको १२ सुरे किल्लाहरुमध्य अझै १/२ किल्लाहरु सुरक्षित नै देख्न सकिन्छ । ती किल्लाहरु भत्केका र आफ्नो संरक्षणको पर्खाइमा छन् । जुन किल्लाहरुमा स–सना प्वालहरु छन्, जो किल्लाका प्वाल बाहिरबाट देख्न सकिदैन् । दुस्मनलाई लुकेर तोप र भालाले हाल्नका लागि बनाइएका ती किल्लाका प्वालहरु भित्र गएरमात्र प्रष्ट देख्न सकिन्छ ।
त्यस पश्चात गढीलेकमा स्वर्गद्धारी महाप्रभु गुरुहरुको स्वामी रघुनाथ आएर बसेको र मन्दिर बनाई तपस्या गरेको ठाउँ हो, गढीलेक । जहाँ स्वामीले तपस्या गरेको मन्दिर अहिलेसम्म पनि दुरुस्तै देख्न सक्छौं । त्यसपछि रुन्टीमा जन्मेका प्रभुमहाराज रुन्टीमा बस्नसक्ने अवस्था नभएपछि यही गढीलेकमा आएर बसेको भनाइ छन् । स्वामीले गुरु र चेला हामी एकै ठाउँमा बसेको राम्रो हुदैन भनी चेला प्रभुमहाराज) लाई बस्नको लागि स्वामीले स्वर्गद्धारी पठाएको र तीनै चेलाले स्वर्गद्धारी आश्रमको स्थापना गरे र महाप्रभु बालतपसीका नामले प्रसिद्ध भएको भन्ने जनविश्वस छ ।
ऐतिहासिक गढीलेक प्राकृतिक सुन्दरले भरिपूर्ण मात्र नभएर धार्मिक रुपले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । गढीलेकमा तीन वटा धार्मिक मन्दिरहरु रहेका छन् । जसमा शिवको मन्दिर, गणेशको मन्दिर र प्रभुमहाराजले तपस्या गर्न बनाएको मन्दिरहरु रहेका छन् । जुन ठाउँमा शिवारात्रीको दिन ठुलो मेला लाग्ने गर्दछ । मेलामा पुजापाठ र मन्दिरको दर्शन गर्ने मानिसहरुको ठुलै घँुइचो लागेको हुन्छ ।
पर्यटकहरुलाई थप सहज र आकर्षक बनाउनको लागि गढीलेकमा ५६ फिट अग्लो भ्यु टावरको निर्माण गरिएको छ । उक्त भ्यु टावरबाटै सजिलै सुर्यदय र सुर्यास्त भएको देख्न सकिन्छ । होलेरी बजारको अलिकति माथि प्रहरी भवनदेखि शुरुहुने सिँढी चढेर पुगिने गढीलेकसम्म अहिले सहजताको लागि मोटरबाटोको निर्माण भइसकेको छ । गढीलेकमा पर्यटकहरुलाई बस्नको लागि प्रतिक्षालय र पाहुँना घरहरुको निर्माण पनि गरिएको छ । सो ठाउँलाई थप सुन्दर र पर्यटकलाई आकर्षित गर्नको लागि बगैचा पनि निर्माण गर्न लागिएको छ ।
गढीलेक धार्मिक क्षेत्रसँग पनि जोडिएको भएकाले आन्तरिक पर्यटकहरु बेलाबखत आइरहेका हुन्छन् । भने सो ठाउँमा १÷२ जना बाह्य पर्यटक पनि भित्रिसकेका छन् । बसन्त ऋतुको शुरुवतासँगै गढीलेकले आफ्नो मुहार फेरेको हुन्छ । वनजंगलमा लहरलाग्दो नवपालुवाहरु पलाएर प्राकृतिक सुन्दरलाई थप रमनीय बनाएको हुन्छ । गर्मी समयमा ढपक्कै राष्ट्रिय फूूल लालिगुराँसले ढाकेको देखिन्छ । र, चारैतिर वनजंगल हरियालीसँगै रक्ताम्मे बनेको हुन्छ । विशेष गरेर अधिकांश पर्यटकहरु बसन्त ऋतुमा आउने गरेको पाइन्छ । किनकि त्यो समयमा धेरै पर्यटकहरु लालिगुरासका फूलहरुसँग चुम्न र रम्नलाई होला ।
त्यतिमात्र होइन यो क्षेत्रमा थुप्रै अर्गानिक फलफूलहरु खान पाइन्छ । जस्तै ः काफल, औसेलु, गुराँस, चुत्रो, मेलहरु लगाएत फलफूलहरु पर्यटकहरुले सहजै पाउन सक्छन् ।
योसँगै जोडिएको शिवपार्वती गुफा पनि होलेरी बजारदेखि २.५ किलोमिटरको दुरी गैरा भन्ने ठाउँमा रहेको छ । जहाँ शिव र पार्वतीको अङ्ग÷प्रत्यङ्गहका आकृतिहरु सहजै रुपमा देख्न सकिन्छ । यो गुफामा थुप्रै अन्य भगवानका आकृतिहरु प्राकृतिक रुपमै बनेको देख्न सकिन्छ । गुफा केटाहरुले चमेराहरुको बास स्थान खोज्ने क्रममा भेटिएको हो । र, त्यसपश्चात यो गुफा २०६८ सालमा पत्ता लागेको थियो । त्यपपछि विस्तारै संरक्षण गरिएको हो । गुफा करिब ५ वर्गमितर जतिको चौडाइमा फैलिएको छ । गुफामा करिब १५० जना जति अट्न सक्नेखालको रहेको छ । गुफा हेर्न आउने पर्यटकहरुले धेरै खुशी र हर्षित भएर फर्किने गर्दछन् ।
यहाँ चमेरी गुफा, खरी ढुङ्गा प्रसस्त मात्रामा रहेका छन् । यो गुफाको बाहिरतिर पर्यटकहरु बस्नका लागि प्रतिक्षालयहरु निर्माण गरिएको छ भने पुजापाठ गर्नका लागि मन्दिरहरु निर्माण गरिएको रहेछ । शौचालयको पनि व्यवस्था गरिएको छ । गुफाको बाहिरको रमाईलो दृश्यले सबैको मन छिनभरमै लोभ्याइदिन्छ । गुफासम्म जानको लागि भिरालो जमिन भएकोले पक्की बाटोसहितको रेलिङ्गको व्यवस्था गरिएको छ ।
र, त्यो भन्दा पनि अझ हेर्दा नथाकिने ती भगवानका आकृतिले मनलाई शान्त र सालिन बनाइदिन्छ । यो गुफा सुरक्षाको लागि एकजना चौकीदार राखिएको छ । यो गुफा सधै खुल्ला रहने गर्दछ । यो गुफामा प्रवेश गर्ने पर्यटकहरुको लागि ३० रुपैया शुल्क तोकिएको छ । सो शुल्कबाट सुरक्षाकर्मीलाई तलब दिनको लागि तोकिएको हो । स्वर्गद्धारी महाप्रभु बेलाबखत यो गुफामा आएर बस्ने र तपस्या गर्ने गरेको भन्ने कुरा पनि जनविश्वास गरिदै आएको छ । यो गुफा हेर्न आउने धेरैजसो आन्तरिक पर्यटकहरु हुन्छन् ।
त्यसैगरी पर्यटकको अर्काे आकर्षक कन्दे्रको मुरुल्ले लेक रहेकोछ । जो लेक होलेरी बजारदेखि ३.५ किलोमिटरको दुरीमा रहेको छ । यो मुरुल्ले लेक समुन्द्र सतहदेखि करिब २१०८ मिटरको उचाईमा रहेको छ । यस ठाउँलाई तारा खसेको लेक पनि भनेर चिन्ने गरिन्छ । यो ठाउँबाट छिमिकी जिल्लाहरु सहित भारतका विभिन्न ठाउँहरु सहजै देख्न सकिन्छ । यहाँबाट पर्यटकहरुले पुर्वदेखि पश्चिमसम्मका थुप्रै हिमश्रृङखलाहरु देख्न सकिन्छ । मुरुल्ले लेकमा अहिले काठैकाठको मन्दिर निर्माण भएको छ । मुरुल्ले लेकमा काठैकाठको मन्दिर निर्माण गर्नको लागि स्थानीयस्तरमा रहेका सामुदायिक वनहरुले काठ उपलब्ध गराएका छन् ।
रुन्टीगढीका चार धाम मध्यको नितान्तै फरकपनमा निर्माण भएको २५ फिट अग्लो काठैकाठको मन्दिर पाँच तलाको रहेको छ । जसको गोलाई करिब २५ मिटर रहेको छ । पञ्च खम्बासहितको काठको मन्दिरमा ४५ खामाहरु समाबेश गरिएको छ । यो क्षेत्रलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थल बनाउनको लागि सबैको चासो उत्तिकै देखिन्छ । तर आर्थिक समस्याका कारण क्रमशः हुने भौतिक संचनाहरु कार्यहरु भने सञ्चालन गर्न निकै अप्ठारो परेको देखिन्छ । स्वर्गद्धारी घुम्नजाने पर्यटकहरु होलेरी बजार भएर जाने जतिपनि पर्यटकहरुले होलेरी आसपासमा रहेका पर्यटकीय स्थानहरुको सहजै रुपमा अवलोकन गर्न सक्छन् ।
रुन्टीगढी पर्यटनको महत्वपूर्ण एउटा पाटोको रुपमा खडा भएको छ । यस रुन्टीगढी क्षेत्रमा पर्यटनका अनेकांै ठाउँहरु रहेका छन् । पालिकाले पर्यटकलाई अकर्षित गर्नको लागि गुराँस गार्डेन संरक्षित क्षेत्र पनि बनाएको छ । यो ठाउँलाई पर्यटनका लागि उत्तम क्षेत्र पनि मानिदै आएको छ । पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोके पनि त्यसको प्रवद्र्धन नहुँदा भने पर्यटकलाई आकर्षित बनाउँन सकिएको छैन् । पर्यटनका हव बन्दै गरेका क्षेत्रहरुलाई विशेषतः प्रचारप्रसारकै कमी भएका मानिन्छ । प्रचारप्रसार नहुँदा ती ठाउँहरु कतै ओझेलमा त पर्ने होइनन् भन्ने चिन्ता पनि उत्तिकै बढ्दै गइरहेको छ ।
ती पर्यटनका सर्बाेत्तम मानिने ठाउँहरु चिनाउन नसक्नुमा हाम्रै कम्जोरी होकी जस्तो पनि लाग्न थाल्छ । पर्यटनलाई विस्तारै प्रवद्र्धन गर्दै लैजाने हो भने पक्कै पनि हामीले सोचे तथा अपेक्षा गरेको भन्दा पनि बढी पर्यटकहरु भित्र्याउन सक्छौं । त्यसबाट मनग्य आम्दानी पनि गर्न सक्छौं ।
पर्यटन स्थललाई प्रवद्र्धन गर्न नसक्नुको कारण मुख्यतः आर्थिककै समस्या हो । आर्थिक समस्याको कारणले पर्यकनका स्थलहरु संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्न भने निकै सकस भएको छ । यसको लागि अब स्थानीय, प्रदेश र केन्द्र सरकारले यतातिर पनि ध्यानदिनु उत्तिकै जरुरत देखिन्छ । यदि पर्यटन क्षेत्रलाई विस्तारै हव बनाउँदै जाने हो र प्रचारप्रसार तीव्र गर्ने हो भने छोटो समयमै रुन्टीगढीका विभिन्न ठाउँमा रहेका पर्यटन क्षेत्रलाई विश्वभरसामु चिनाउन सकिन्छ ।
यहाँका पर्यटन क्षेत्रलाई चिनाउको लागि रुन्टीगढी गाउँपालिकाले विभिन्न समयमा अक्षर महोत्सव, राष्ट्रिय मिडिया सम्मेलन जस्ता सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमहरु गरी प्रचारको फेज अगाडि बढाएको पनि पाइन्छ । सबैभन्दा पहिले त हामीले आफ्नै गाउँ ठाउँबाट पर्यटन सम्बन्धि कार्यक्रमहरु गरी जानकारी दिने र पर्यटन क्षेत्रतिर लाग्न उत्पे्ररित गर्नुपर्छ । तबमात्र पर्यटकीय क्षेत्रको विकास हुन्छ र पर्यटकहरुको आकर्षण बढ्दै जान्छ । तसर्थ पर्यटन क्षेत्रलाई चिनाउने, प्रवद्र्धन गर्ने र प्रचारप्रसार गर्ने तपाई हाम्रो सबैको कर्तव्य, दायित्व र जिम्मेवारी उत्तिकै आवश्यक देखिन्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।