• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुणस्तरीय आयुर्बेद सेवाको लागि गुणस्तरीय आयुर्बेद औषधि




आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा कार्तिक त्रयोदसिका दिन देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाईनछ।देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ।

आजको दिनलाई आयुर्वेदका चिकित्सक स्वास्थ्यकर्मी हरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने प्रचलन पनि छ । धन्वन्तरी जयन्ती मनाउने प्रचलनको सुरुवात २०५६ साल देखि भयको मानिन्छ ।काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो ।

आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पह?लमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ कात्तिक कृष्ण त्रयोदशीका दिन ‘दिगो स्वास्थ्यको आधार, आयुर्वेद उपचार’ भन्ने नाराका साथ धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाउने गरिन्छ ।

आयुर्वेदका प्रर्वतक धन्वन्तरिका बारेमा विभिन्न धारणाहरु छन । कसैले समुन्द्र मन्थन गर्दा निस्किएका विष्णु भगावनको अवतार, कसैले धन्वका पुत्र काशीराज दिवोदास नै धन्वन्तरि हुन् भन्दछन् ।जसरी व्याख्या गरे पनि आयुर्वेदका प्रेमीहरु धन्वन्तरिलाई “स्वस्थ व्याक्तिलाई स्वस्थ रक्षा र रोगी व्याक्तिको रोग निराकरण गर्ने क्रममा सधै सम्झिने गर्छन ।आयुर्बेद बिभाग, सिंहदरबार वैद्यखाना, आयुर्वेद चिकित्सालय आयुर्वेद स्वास्थ्य केन्द्रहरु आयुर्बेद औसधालय लगायत बिभिन्न आयुर्वेद संघ संस्थाहरुमा आरोग्य दिवसको रुपमा धन्वन्तरिको पूजा अर्चना गर्ने गरिन्छ ।

मानवबिय सभ्यताको विकासक्रममा प्राचिनकाल पूर्वीय सभ्यतामा आयुर्वेद विज्ञानको विकास भएको मानिन्छ ।नेपाल बनजङ्गलको धनी देश भयकोले नेपाल जडिबुटीकि उर्भर खानी भएकोले जसको सदुपयोग गरेर आम नेपालिको जिबिको पार्जन तथा स्वस्थ जीवन यापनको लागि आयुर्वेद, नेपाल र नेपालीहरूको धर्म संस्कृति परम्परा र नेपालीहरुको खान पान शैली भान्सासँग जोडिएको छ । हाम्रा पुर्खाहरुले यत्रतत्र पाईने जडिबुटीहरुबाट सजिलो, भरपर्दो र सस्तो रुपमा घरेलु निःशुल्क रुपमा रोगीहरुको उपचार गर्दै आइरहेको पाईन्छ । उनीहरुले आफ्नै घरको वरिपरि पाईने जडिबुटीको फल, फुल, पात, मुना , लहरा, बोक्रा, जरा,काण्ड आदी ल्याएर औषधिको रुपमा विरामीलाई प्रयोग गरि बिरामीहरुको रोग निको पार्थे । तसर्थ, हाम्रो आफ्नै स्थानीय साधन र स्रोतको उपयोग गरी स्वस्थ रहने र रोगको निदान तथा उपचार गर्ने अभ्यास हुदै पुस्ताहरुबीच हस्तान्तरण हुँदै आएको बिज्ञान आयुर्वेद बिज्ञान हो ।

हामी सबैले “हरियो बन नेपालको धन भन्ने उखान सबैको मुखमा झुन्डिएको छ सोही युक्तिलाई मनन गर्ने हो भने नेपालले प्रचुर मात्रामा समृद्ध आत्मनिर्भर बन्न सकिन्छ । हाम्रो जङ्गलमा सातसय भन्दा बढी प्रजातिका जडिबुटी नेपालमा पाइन्छन । नेपालबाट विभिन्न देशहरुमा २० भन्दा बढी प्रकारका जडिबुटी, सुगन्धित तेल र जडिबुटीजन्य उत्पादनहरु निर्यात हुने गरेको पाइन्छ । जडिबुटीजन्य उत्पादनको माग उच्चरहेता पनि नेपालमा जडिबुटी संरक्षन, सबर्धन, प्रशोधनको लागि प्रयोगशाला नहुदा उपयुक्त प्रविधिले व्यवस्थापन तथा जडिबुटीको गुणस्तरीयताको परीक्षण एवं प्रमाणिकरणको सुनिश्चितता र जसको संरक्षनको लागि सरोकार वाला निकायको चासो नदेखिदा संस्थागत समन्वय नभएका कारण स्वदेशी जडिबुटीहरुवाट बनेका उत्पादनहरु बिदेशी बजारमा पहुँच नभएको अवस्था छ ।

नेपालमा केहि जडिबुटीहरु लोप हुने अवस्थामा छन् । जडिबुटीको स्रोतमा आयुर्वेद औषधि उद्योगहरु निर्भर रहने हुँदा आगामी दिनहरुमा कच्चा जडिबुटीहरुको संकट नपर्ला भन्न सकिन्न । त्यसैले व्यावसायिक रुपमा जडिबुटी खेती गर्न सकेमात्र कच्चापदार्थको माँगलाई पूरा गर्न सकिन्छ । कच्चापदार्थको गुणस्तर,पहिचान र मूल्य निर्धारण पनि आयुर्वेदिक उत्पादकहरुमा चुनौतिको रुपमा रहेका छन् । नेपालका उत्पादकहरुले नयाँ प्रविधि, उपकरण बिश्व स्वास्थ्य संगठनले निर्धारण गरे बमोजिम गुणस्तरीय औषधि निर्माण प्रक्रिया लागू गर्न नयाँ चुनौती थपिएको छ ।

गुणस्तरीय जडिबुटीका लागि सरकारी, निजी साझेदारीमा जडिवुटी खेती गर्ने प्रचलन बिकास, आधुनिक तथा बैज्ञानिक खेती गर्ने प्रविधि विकास,उतपादित जडिबुटीको प्रशोधन एवम् बजार प्रवद्दधन गर्न जरुरी छ । नेपालको समग्र र सन्तुलित विकासको लागि जडिवुटी पहिचान, संरक्षण, सम्बर्धन, विकास तथा सदुपयोगमा जोड दिनु आवश्यक छ । विभिन्न निकायहरुले विभिन्न औषधिहरु उत्पादनको लागि आवश्यक कच्चा पदार्थ आयात गरिरहेको अवस्थामा जडिवुटीसँग सरोकार राख्ने सबै सरकारी गैरसरकारी निकाय तथा पक्षहरुले अर्काबीच समन्वयकारी भूमिका खेल्नुनै भगवान धनवन्तरी प्रतिको श्रद्धा र भक्ती हुनेछ भने आम नेपालीले आधारभुत स्वास्थ्य सेवा प्राप्तिका लागि आफनै माटाेमा उर्भर जडिबुटीद्वारा निर्मित औसधिको पर्योग गरि स्वास्थ ब्यक्तिको स्वास्थ्य रक्षा र रोगको सहज रुपमा रोग निबारण गर्ने सहजता आउने सुनिश्चित देखिन्छ सहजताको लागि गाउँ गाउमा आएको सिहदरबार स्थानिय निकाय , प्रदेश सरकार र संघीय सरकार पनि स्वस्थ नेपाली सम्बृद्द नेपालको लागि जल जमिनको समुचित प्रयोग गरि जडिबुटी उत्पादन संरक्षन भणडार प्रशोधन र बजारिकरनमा ध्यान आकर्षण गर्न जरुरी छ ।

लेखक आयुर्वेदिक स्वास्थ्यकर्मी हुनुहुन्छ

Facebook Comments