• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अरुको जीवन बचाउँदै हिड्ने सञ्चारकर्मीद्वारा जीवनरक्षाको याचना




विगत लामो समयदेखि सञ्चारकर्मीको रुपमा काम गर्दै आईरहेका वलविर नेपाली अहिले जिवन र मृत्युसँग लडिरहनु भएको छ । उहाले आफ्नो जिवन रक्षाका लागी सहयोग गर्न पनि अपिल गर्नु भएको ।

हिजोको दिनमा दिन दुखी र बेसाहारका आवाजलाई सामाजिक सञ्जालमार्फत् देश तथा विदेशमा पुराई सहयोग जुटाईदिने वलविर अहिले हस्पिटलको वेडबाट सहयोगको माग गर्दै छन् । उपचारमा अर्थिक अभाव देखिएपछि वलविरले आफुलार्य सहयोग गर्न समाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आग्रह गर्नु भएको हो ।

दाङको गोर्खा पब्लिक हस्पिटलको आपतकालिन वार्डमा भर्ना हुनुभएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिकाका वलविर नेपालीलाई मृगौलामा समस्या देखिएको छ । सोही समस्याका कारण अहिले वलविरको मुखसहित पुरा ज्यान शुनिएको छ । केहि समय पहिले भारतमा पुगेर सहयोग उठेको भारतिय रकम ५५ हजार वरावरको औषधी लिएको नेपाली नेपाली बताउनु भयो । औषधि सेवनले वलविरमा केहि सुधार आए पनि पुनः अहिले पुरै शरिर शुनिएको छ । अहिले अर्काे औषधि चलाईएको छ ।

क्रिटिनिन (मृगौलाले काम नगरेपछि रगतमा देखिने वेस मेटरियल) को मात्रा बढेपछि यस्तो समस्या आफुमा देखिएको उहाले बताउनु भयो । विगतमा रेडियो गणतन्त्र र रेडियो झरना एफएममा प्राविधिकको रुपमा काम गर्नु भएका वलविर नेपाली पछिल्लो समयमा बास्तविक नामक युटुव च्यानलको सञ्चालकको रुपमा काम गर्दै आउनु भएको थियो ।

नेपालीले फेसबुकमा स्ट्याटस लेख्दै यस्तो भन्नु भयो, देश विदेशबाट मलाई सहयोग गर्ने सबैलाई धन्यवाद । अझै सहयोग आवश्यक परेकोले सम्पुर्ण सहयोगी मिडियाकर्मी साथि, भाइ, आफन्त, दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्दछु ।

नेपालीको नामा रहेको Century Bank Dang को खाता नम्वर 0860000389C5 मा सहयोग रकम जम्म गर्न सकिने छ । सहयोगका लागी नेपालीको मोबाईल नम्वर 9862105807 रहेको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले मृगौला रोगबाट पीडित हुनुभएका सञ्चारकर्मी वलविर नेपालीलाई नगद ५ हजार सहयोग गर्नु भएको छ ।

लामो समयदेखि मृगौला रोगबाट थलापरेका नेपालीको अहिले घोराही स्थित गोरखा पब्लिक हस्पिटलमा ईर्मेजेन्सि कक्षमा उपचार भईरहेको छ । आज अध्यक्ष प्रियासनले अस्पतालका प्रशासक दिनेश आचार्यलाई भेटी नेपालीको उपचारमा केही सहुलियत प्रदान गर्न आग्रह गर्नुभयो । आचार्यले अस्पतालकोतर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रियासनले सञ्चारकर्मीको उपचारको व्यवस्था गरेर जीवन रक्षा गरिदिन सबैमा आग्रह गर्दे आर्थिक अवस्था कमजोर भएका सञ्चारकर्मीहरुको उपचारको व्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो ।

रोल्पाको रुन्टिगढि गाउँपालिकाका वलविर नेपालीलाई मृगौलामा समस्या देखिएको छ । सोही समस्याका कारण अहिले वलविरको मुखसहित पुरा ज्यान शुनिएको छ । नेपालीले विगतमा विभिन्न मिडियामा काम गर्नु भएको थियो भने अहिले बास्तबिक युटुब च्यानल संचालन गर्दै आउनुभएको छ ।

क्रिटिनिन (मृगौलाले काम नगरेपछि रगतमा देखिने वेस मेटरियल)को मात्रा बढेपछि नेपालीमा यस्तो समस्या देखापरेको हो । पिडित नेपालीले आज सम्म सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । साथै थप उपचारमा आर्थिक अभाब भएको हुँदा सबैसंग जिवन रक्षाको माग गर्दै सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

Facebook Comments