जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले हट वाटर डिस्पेन्सर जडान गरेको छ । प्रशासनले कार्यालय परिसरमा हट वाटर डिस्पेन्सर जडान गरेको हो ।
जिल्लामा दिनप्रतिदिन चिसो बढदै गइरहेकाले सेवाग्रहीको स्वास्थ्यलाई ध्यानमा राखि हट वाटर डिस्पेन्सर जडान गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभएको छ । सेवाग्राहिको स्वास्थ्यमा समस्या नओस भनेर तातोपनी रहने झण्डारण मेसिन सञ्चालनमा ल्याएका हौँ प्रजिअ राईले भन्नुभयो तातो पानी पिउनको लागि साथमा आवश्यक मात्रमा गिलासको व्यवस्था पनि गरेका छौ ।
प्रशासनमा सेवा लिन आएका सेवाग्राहीलाई प्रशासनमा बस्दा दिक्क महसुस नहोस भनेर कार्यालय परिसरमा तातोपानीसंगै टेलिभिजनको व्यवस्था गरिएको पनि बताउनुभएको छ । उहाँका अनुसार अव देखि प्रशानमान सेवा लिन जाने व्यक्तिले तातोपानीको सेवन गर्न सक्नुहुने छ । विशेषगरी वृद्धवृद्धा र बालबालिकाका लागि उक्त मेसिन राखिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले सेवाग्राही मैत्रि प्रशासन बनाउनका लागि विभिन्न नमुना काम गर्दै आइरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।