प्रदेश प्रहरी ले सन्चालन गरेको बाल बिवाह न्यूनिकरण अभियान अन्तर्गत तुल्सिपुर ४ खाद्रे प्रहरी चौकी ले आज तुल्सिपुर ४ बनहरी स्थित बालसाहारा बोर्डिङ स्कुलमा मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
प्रहरी चौकी खाद्रे का इन्चार्ज प्र.सा.नि दिनेश कुमार बि.सि ले बाल बिवाह गर्दा हुने शारिरिक तथा मानसिक समस्या र यस ले भबिस्य मा पार्ने कठिनाइ को बारे मा विद्यार्थीहरु लाई जानकारी दिनु भयो ।
कलिलो उमेरमा बिवाह गर्दा आफ्नो पढाई र लछ्य पूरा नहुने साथै बाल बिवाह गरे हुने कानुनी कारबाही र दण्ड को बारे जानकारी दिनु भएको थियो । उक्त कार्यक्रम मा बालसाहार बोर्डिङ मा ६-७ कक्षा मा अध्ययन गर्ने विद्यार्थीहरु सहभागी भएका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।