• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
काम शुरु भएको दुई वर्षसम्म खानेपानी आयोजना सकिएन, दशैसम्म पानी दिने योजना अधुरै




कामकाज सुरु भएको दुई वर्ष विति सक्दासम्म पनि रुकुम पुर्वको रुकुमकोट स्थित लुस्पा धारा लिफ्टिङ खानेपानी आयोजनाको काम सम्पन्न भएको छैन । अहिलेको दशै भित्र घरघरमा पानी पार्याउने लक्ष्य सहित वि स २०७५ देखि उक्त आयोजनाको काम थालनि गरिएकोमा अहिलेसम्म ९५ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

विगत २ वर्ष अघिदेखि काम सुचारु गरिएको लिफ्टिङ खानेपानी आयोजनाको मुख्य पाइप लाइनको थोरै काम बाकि रहेको छ, भने वितरण लाइनको टयाङकीसम्मको सवै काम सकिएको ६ नम्बर वडाका वडा अध्यक्ष सुधन रेग्मिले बताउनुभयो । उहाँका अनुसार उक्त आयोजना सञ्चालनमा ल्याउन एक लाख लिटरका दुई वटा ठूला मुल ट्याङ्की र सहायक चार वटा ट्याङकी निर्माण गरिएको छ । अव लुष्पा धारा नजिकै रहेको १ नम्बर टयाङकीबाट माथि डाडामा रहेको २ नम्बर टयाङकीका पानि खसाल्न मात्र बाकि रहेको रेग्मिले बताउनुभयो । उहाँका अनुसार वितरण टयाङकीबाट घरघरमा पानी पुर्याउनको लागि पाइप जडानको काम पनि बाकी रहेको छ । विगत एक महिना अघि दशैसम्म लुस्पाको पानी घरघरमा पुर्याउने भनिएको थियो ।

२ नम्बर टयाङकी निर्माण गरिएको जग्गा व्यक्तिको भएको र टयाङकी निर्माण गरिएको ३ सय ३० मिटर जग्गाको पैसा जग्गा धनिले नपाएकाले एक नम्बर बाट दुई नम्बर टयाङकीमा पानी राख्न नसकिएको वडा अध्यक्ष रेग्मिले बताउनुभएको छ । आयोजना सुरु गर्दा दुई वर्ष अघि जग्गाको ९ लाख रुपैया जग्गा धनी भत्तलबहादुर विकलाई दिने कागज भएको थियो उहाँले भन्नुभयो तर अहिलेसम्म उक्त पैसा तिर्न नसक्दा काममा ढिलाई भएको छ । उक्त पैसा गाउँपालिकाले तिर्नुपर्ने कतव्र्य भएपनि गाउँपालिका विभिन्न बाहनामा पछिन्न खोजीरहेको रेग्मिले आरोप लगाउनु भएको छ । रुकुमकोटमा रहेको खानेपानीको समस्या समाधानको लागि भन्दै स्थानिय र प्रदेश सरकारले ३ करोड भन्दा बढि लगानीमा उक्त अयोजनाको काम भएको छ ।

यस्ता सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले उक्त आयोजना प्रदेश सरकार र गाउँपालिका दुवैको भएकाले स्थानिय सरकारले मात्रै कुनै निर्णय लिन नसकिएको बताउनुभएको छ । टयाङकी निर्माणको क्रममा वडा अध्यक्ष र जग्गा धनिविच के सहमति भएको थियो उहाँले भन्नुभयो त्यो गाउँपालिकालाई थाहा छैन ।

विविध कारण बस उक्त आयोजनाको पछिल्लो समस्या बारे आफूलाई थाहा नभए पनि तत्काल जनप्रतिनिधि, जग्गा धनी, उपभोक्ता समिति र प्राविधिक सहितको टोलीलाई बैठकमा बसाली उचित्त निकास खोजिने अध्यक्ष बरालले बताउनुभएको छ । खानेपानीको समस्या प्रति गाउँपालिका सचेत रहेकाले तिहार अगाडी नै सवै पक्षको बैठक बसाली निकास खोज्ने उहाँको भनाई छ ।

दुई वर्षभित्र निर्माण गरी लिप्ट मार्फत ६ नम्बर वडाका अधिकाङस घरघरमा लुष्पाको पानी पुर्याउने भनिए पनि समयमा नै काम सम्पन्न हुन नसक्दा यहाँका नागरिकलाई भने खानेपानीको लागि पानीका मुल तथा मुहान खोज्नु पर्ने बाध्यता जिउका तिउ रहेको छ ।

Facebook Comments