नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र श्रीमती लक्ष्मी शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । साथै कान्छा भाइ एवं युवा नेता अनिल शर्मालाई पनि संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिनुभयो । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गर्नुभएको छ ।
शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो । हाल उहाँहरु होम आइसोलेसनमा रहनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।