प्यूठान देखी घोराही आउदै गरेको ना ४ ख ५५६१ नम्बंरको बस मंगलबार विहान मण्डवी गाउँपालिका–२ गोलवाङ दुर्घटना हुदा बस चालक ४० बर्षिय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
अन्य ३ जाना घाइते भएको र २ जनाका अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक पोषण ढकालले जानकारी दिनुभयो ।
मोड नपुग्दा बस अनियन्त्रीत भई दुर्घटना भएको उहाँको भनाई छ । घाइतेलाई उपचारको लागी घोराही लग्दै समेत जानकारी प्रहरी निरिक्षक ढकालले बताउनुभयो ।
Facebook Comments
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।