• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दूग्ध विकास संस्थानको बिक्री केन्द्र घोराहीमा, बजारको भन्दा मूल्य सस्तो




दाङमा दुग्ध सामाग्री बिक्रि केन्द्र घोराही सञ्चालनमा अएको छ । दुग्ध बिकास संस्थान नेपालगंज दुग्ध वितरण आयोजना कोहलपुरले आफ्नो शाखा दाङमा बिक्री केन्द्र स्थापना गरेको हो ।

घोराही १४ को राप्ती टोलबाट सेवा सुरु गरेको बिक्रि केन्द्रको एक कार्यक्रमका बिचमा उद्घाटन् गरिएको छ । दूग्ध विकास संस्थान सञ्चालक समितिका अध्यक्ष बसन्तराज गिरी, घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी र वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीले रिवन काटेर संयुक्तरुपमा बिक्री केन्द्र उद्घाटन गर्नुभएको हो ।

आयोजनाबाट उत्पादन गरिएका डि.डि.सी. ब्राण्डका नंम्वर १ दुध, दही, मही, पानिर, चिज, फ्रेसमिल्क, घीउ, नौनी, रसवरी, लालमोहन, पेडा आदि बिक्री गर्न थालिएको छ । सबै वस्तुको दर बजारमूल्यभन्दा सस्तो रहेको छ । बजारमा दूध ८० रुपैयाँ लिटर बिक्री भइरहेकोमा दूग्ध संस्थानले ७० मा बिक्री गर्छ भने घीउ बजारमा एक हजार दुइ रुपैयाँ केजी पाइने गरेकोमा यसमा झण्डै नौ सय रुपैयाँ प्रतिकेजी पाइने गरेको छ ।

Facebook Comments