मनटावरमा अत्याधुनिक सुविधा सम्पन्न मनकाशी सिनेप्लेक्सको उट्घाटन गरिएको छ । शुक्रवार मनकाशी सिनेप्लेक्सको उट्घाटनशत्रमा बोल्दै राष्ट्रिय सभा सदस्य कमल वालीले मनोरञ्जन पूर्वधार र आर्थिक समृद्धिको आधार भएको बताउँनुभयो ।
दाङका आउँनुभएकी राष्ट्रिय सभा सदस्य ओलीले आधुनिकरण र बढ्दो विकासक्रमसँगै स्वास्थ मनोरञ्जन पूर्वधार र आर्थिक समृद्धिसँग जोडिने बताउनुभयो । सिनेप्लेक्स जस्तो स्वास्थ मनोरञ्जनका आधारहरु दाङको गहना भएको भन्दै यसले जिल्लाको विकासमा पनि टेवा पु¥याउँने बताउँनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले दाङ जिल्ला निकै सम्भावती क्षेत्र भएको हुँदा आवश्यताका आधारमा परिपुर्ती गर्दै स्वास्थय प्रतिस्र्धा गर्न जोड दिनुभयो ।
सिनेप्लेक्स प्रालिका अध्यक्ष ओम जैशीले सिनेप्लेक्समा सम्भवत नेपालमै पछिल्लो प्रविधिमा आधारीत प्राविधिहरुको प्रयोग भएको दाबी गर्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।