रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा चहलपहल बढन थालेको छ । रुकुमकोटमा लगाइएको तिन साता लामो निशेधाज्ञा हटेसंगै रुकुमकोटका बजारमा चहलपहल बढन थालेको हो ।
रुकुमकोटमा कोरोनाका संक्रमितहरु बढेको भन्दै करिव तिन सातासम्म लगाएको निशेधाज्ञाका कारण व्यापारीहरुले आफुहरु रोगले भन्दा पनि भोगले मर्न थालेको भन्दै जिल्ला संकट व्यवस्थापन समिति डिसिसिएमसीमा निशेधाज्ञा हटाउन आग्रह गरेका थिए । जिल्लामा कोरोनाको अवस्था र व्यपारीहरुको समस्यालाई मध्यनजर गर्दै डिसिसिएमसीले गएको १४ गतेबाट निशेधाज्ञा हटाएपछि क्रमिक रुपमा रुकुमकोटका बजारमा चहलपहल बढन थालेको हो ।
गएको १४ गतेदेखि नै रुकुमकोटमा निशेधाज्ञा हटाइए पनि सुरुका दिनहरुमा खास्सै चहलपहल देखिएको थिएन । तर आजबाट भने रुकुमकोट बजार पुरानै लयमा फर्किएको जस्तो संकेत देखिन थालेको छ । देशव्यापी रुपमा लगाइएको लकडाउनका कारण करिव ६ महिनासम्म बन्द रहेका यातायातका साधनहरु र करिव तिन सातासम्म बन्द रहेका रुकुमकोटका बैंक तथा वित्तिय संघ संस्था सवैले आजबाट नियमित सेवा प्रवाह गर्न सुरु गरेपछि मानिसहरुको चहलपहल बढेको एनआइसी एसिया बैंकका शाखा प्रबन्धक सुजन सिलवालले बताउनुभयो ।
उहाँका अनुसार रुकुमकोटमा समुदाय स्तरमा नै कारोना देखिएपछि बन्द गरिएका गरिएका एनआईसि एसिया बैंक, नेपाल बैंक, प्रभु बैंक, बाणिज्य बैंक तथा अन्य सवै वित्तिय संघ संस्थाले आजबाट नियमित सेवा दिन सुरु गरेका छन ।
सवै सरकारी कायर्यालय खुल्न र यातायातका साधनहरु पनि चल्न थालेपछि जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको उत्पादित बस्तु रुकुमकोटमा विग्री गर्ने र रुकुमकोटबाट आफूलाई चाहिने घरासिय सामानहरु लिन आउने मानिसहरुका कारण पनि चहलपहल बढेको छिप्रिदहका मोबाइल पसल सञ्चालक गोर्ख खड्काले बताउनुभयो । निशेधाज्ञाले गर्दा संकटमा परेको व्यवसायमा पनि दिनप्रतिदिन सुधार हुर्दै गईरहेको उहाँको भनाई छ ।
यसैगरी निशेधाज्ञाका कारण रोकिएका विभिन्न भौतिक संरचना निर्माणका काम सुरु भएका छन, भने कोरोना कहरले गर्दा घरमा बसेका कर्मचारीहरु पनि रुकुमकोटमा फर्किन थालेका छन । जसले गर्दा रुकुमकोटमा चहलपहल दिनप्रति दिन बढदै गइरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।