हिमाल महरा
नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धमा गठित जनमुक्ति सेनाका केन्द्रीय प्रशिक्षक रिखबहादुर खत्री ‘अग्नि बा’को निधन भएको छ । प्यूठानको माण्डवी गाउँपालिका–२ निवासी खत्रीको ७० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रेखा शर्माले पार्टी झण्डा ओढाएर उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ठूलो संख्यामा रहेका नेकपाका नेता कार्यकर्ता र स्थानीयको उपस्थितिमा खत्रीको अन्त्येष्टि गरिएको थियो ।
जनयुद्धकालमा उहाँले केन्द्रीय प्रशिक्षकको रुपमा भूमिका निर्वाह गर्नुभएको थियो । भारतीय सेनाबाट अवकाश प्राप्त खत्रीले ८१ एमएम मोर्टार प्रयोगका लागि प्रशिक्षको रुपमा भूमिका निर्वाह गर्नुभएको थियो ।
‘स्थानीयबासीको सानो झगडा मिलाउन गएको बेला कुर्सीमा बस्दाबस्दै ढलेपछि बेहोश भएका खत्रीलाई उपचारका लागि अस्पताल पु¥याउँदा निधन भएको नेकपा प्रदेश सचिवालय सदस्य नारायण अधिकारीले जानकारी दिनभुयो ।
तत्कालीन नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको सदस्य रहेका खत्री हाल नेकपाको जेष्ठ कम्युनिस्ट मञ्चको प्रस्तवित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ भारतीय सेनाको अवकाश प्राप्त हवल्दार हुनुहुन्थ्यो । भारतीय सेनामा छँदा उनी आर्टिलरी विभागमा काम गर्ने गरको कारण उहाँले ८१ एमएम मोर्टार प्रहार गर्ने प्रशिक्षकको जिम्मेवारी पाउनुभएको थियो । लामो दूरीमा रकेट लञ्चर हान्न सकिने यो ठूलो हतियार मानिन्छ ।
भारतीय सेनाबाट अवकाश भएपछि एमाले राजनीति गरेका शत्री २०५५ मा माओवादीमा प्रवेश गर्नुभएको थियो । उहाँले जनमुक्ति सेनाका केन्द्रीय कमाण्डर (हाल उपराष्ट्रपति) नन्दकिशोर पुन ‘पासाङ’को नजिक बसेर काम गर्नुभएको हो ।
२०५८ सालमा जनमुक्ति सेनाले घोराही ब्यारेक कब्जा गरेर ८१ एमएम मोर्टार लगे पनि प्रयोग गर्न सकेको थिएन । त्यसको प्रयोग खत्री शुरु गरिदिएपछि जनसेनाको आक्रमण क्षमता बृद्धि भएको तत्कालीन जनमुक्ति सेनाका डिभिजन कमाण्डर शुकबहादुर रोका बताउनुहुन्छ ।
रुकुमको खारा, जुम्लाको खलंगा, अर्घखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी, रोल्पाको गाम लगायत जनमुक्ति सेनाका ठूला आक्रमणमा ८१ एमएमको कमाण्ड उहाँले नै गर्नुभएको थियो । जनमुक्ति सेनाका प्रशिक्षक अग्नि बटालियन कमाण्डरको हैसियतमा रहनुभएको थियो । शान्तिप्रक्रिया सुरुभएपछि उहाँ गाउँ फर्किएर पुनः स्थानीय राजनीतिमा सक्रिय हुनुभएको थियो ।
उहाँको निधनमा पार्टी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’, केन्द्रीय सदस्य कृष्णध्वज खड्कालगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।