• ९ मंसिर २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
`वर्डक्याम्प नेपाल २०२७´ पहिलोपटक नेपालगञ्जमा आयोजना हुँदै ,  ५०० बढी सहभागी हुने अपेक्षा




नेपालगञ्ज । नेपालको सूचना प्रविधि तथा डिजिटल क्षेत्रको प्रमुख कार्यक्रम ‘वर्डक्याम्प नेपाल २०२७’ पहिलोपटक पश्चिम नेपालमा आयोजना हुने भएको छ। आगामी सन् २०२७ जनवरी २९ र ३० (माघ १५ र १६) गते बाँकेको नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दुईदिने कार्यक्रम आयोजना हुन लागेको हो।

वर्डप्रेस समुदायको वार्षिक सम्मेलनका रूपमा परिचित यस कार्यक्रममा नेपालसहित विभिन्न देशका वेब डेभलपर, डिजाइनर, डिजिटल मार्केटर, ब्लगर, उद्यमी, विद्यार्थी, फ्रीलान्सर तथा प्रविधिप्रेमी गरी ५०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको पहिलो दिन जनवरी २९ मा ‘Contributor Day’ र दोस्रो दिन जनवरी ३० मा ‘Conference Day’ सञ्चालन हुनेछ। Contributor Day मा सहभागीहरूले वर्डप्रेसको विकास, कोडिङ, डिजाइन, अनुवाद, दस्तावेज निर्माण, परीक्षण तथा समुदाय विस्तारमा योगदान गर्ने अवसर पाउनेछन्। त्यस्तै, Conference Day मा वेब विकास, वेबसाइट सुरक्षा, डिजिटल मार्केटिङ, SEO, ई–कमर्स, डिजाइन तथा अनलाइन व्यवसायलगायत विषयमा विज्ञहरूबाट प्रस्तुति र छलफल हुनेछ।
कार्यक्रममा विभिन्न प्राविधिक सत्रसँगै Networking Village र After Party समेत समावेश गरिनेछ। यसले सहभागीहरूबीच ज्ञान, अनुभव आदानप्रदान तथा व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सन् २०१२ देखि नेपालमा आयोजना हुँदै आएको वर्डक्याम्प पहिलोपटक पश्चिम नेपालमा पुग्न लागेको हो। यसले नेपालगञ्जसहित बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुरलगायत क्षेत्रका विद्यार्थी तथा युवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रविधि समुदायसँग जोड्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्ति, वक्ता, स्वयंसेवक तथा प्रायोजकले आधिकारिक वेबसाइटमार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्। कार्यक्रमसम्बन्धी विस्तृत जानकारी  https://nepal.wordcamp.org/2027/ बाट लिन सकिनेछ ।

Facebook Comments