• २७ कार्तिक २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुर–३ भैसहवामा २८ गते पाँच पुण्य मेला, खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने




श्रवण कुमार यादव 
दाङ। दाङको राजपुर गाउँपालिका–३ भैसहवामा आगामी २८ गते शनिबार पाँच पुण्य मेला आयोजना हुने भएको छ। रोयल्स भैसहवा युवा क्लबको आयोजनामा सञ्चालन हुने मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन स्थानीय युवाहरू तथा सरोकारवालाहरू जुटेका छन्।

मेलाको तयारीका विषयमा क्लब तथा स्थानीय सरोकारवालाबीच छलफल गरी विभिन्न जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ। मेलालाई सफल बनाउन मेला व्यवस्थापन, सरसफाइ, शान्ति सुरक्षा, आर्थिक व्यवस्थापन, अतिथि सत्कार तथा अन्य आवश्यक व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी निर्धारण गरिएको छ।

मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ। मेलाको शुभ अवसरमा शनिबार दिउँसो विभिन्न प्रतियोगिताअन्तर्गत फुटबल, चकलेट दौड, कुर्सी दौड (महिला), घैटा फोड(पुरुष) तथा खुला हाजिरीजवाफ प्रतियोगिता, नृत्य प्रतयोगिता लगायतका कार्यक्रम समावेश गरिएकाे मेलाका संयोजन प्रकाश केसी जनाएका छन्।

त्यसैगरी मेलालाई स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँग जोड्दै स्थानीय समुदायको सहभागिता बढाउने लक्ष्य राखिएको छ।

रोयल्स भइसहवा युवा क्लबका अध्यक्ष खिमबहादुर घर्तीले मेलालाई व्यवस्थित र सफल बनाउन सबै पक्षसँग समन्वय भइरहेको जनाएका छन्। उनले मेला सफल बनाउन स्थानीयवासी, युवाहरू, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।

स्थानीयस्तरमा सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई बलियो बनाउने उद्देश्यले आयोजना हुन लागेको पाँच पुण्य मेलामा सहभागी हुन आयोजकले सबैलाई निमन्त्रणा गरेका छन्।

Facebook Comments