दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघअन्तर्गत रहेका सम्पूर्ण बस्तुगत समितिले संघको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेका छ ।
राप्ती अञ्चल बजार प्रतिनिधि एसोसिएसनका निवर्तमान अध्यक्ष दिनानाथ शर्माको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुवकुमार गहतराजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा दाङ वितरक संघका अध्यक्ष कुमार सुवेदीले व्यवसायीका विभिन्न समस्या, सुझाव तथा मागहरू प्रस्तुत गर्दै संघसमक्ष ज्ञापनपत्र बुझाउनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष गहतराजले बस्तुगत समिति र उद्योग वाणिज्य संघबीच नङ र मासुको जस्तै घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो। उहाँले बस्तुगत समितिका सुझाव र सल्लाहलाई आत्मसात् गर्दै संघलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी संघका महासचिव माधव खनालले बस्तुगत समितिले प्रस्तुत गरेका माग तथा सुझावहरूको अध्ययन गरी संघको विधान र कार्यक्षेत्रभित्र रहेर सम्बोधन गर्ने बताउनुभयो।
कार्यक्रममा महासचिव खनाल, बस्तुगत सदस्य निमबहादुर बुढाथोकीलगायतले मन्तव्य राख्दै व्यवसायीका साझा समस्या समाधानका लागि संघ र बस्तुगत समितिबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।
प्लास्टिक व्यवसायी समितिका अध्यक्ष खेमराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
