• २१ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविता: प्रतीक्षा





सफलराम शुक्ल

चाहनाहरू यहाँ मार्नुपर्छ,
अहिले केवल प्रतीक्षा छ ।
न त हेर्नु छ, न त छुनु,
यो मनलाई केवल दीक्षा छ ।
अहिले केवल प्रतीक्षा छ…
सोच्नु छ धेरै, कल्पनामै हराउनु छ,
तर मौन बसेर दिन बिताउनु छ ।
नबुझेझैँ गरी आफ्नै धुनमा,
यो मनलाई कतै व्यस्त राख्नु छ ।
बहाना बनाएरै भए पनि,
यो दूरीलाई नै साँच्नु छ ।
अहिले केवल प्रतीक्षा छ…
थाहा पाएर पनि, महसुस गरेर पनि,
सबै कुरा देखेर पनि,
यो ओठलाई कसी नै राख्नु छ,
सत्य बुझेपछि पनि ।
भित्रभित्रै जति नै रोए पनि,
मनले जति नै पुकारे पनि,
अहिले त केवल मौन बस्नु छ,
आँसु लुकाएरै भए पनि ।
खोज्नु छैन कसैलाई,
आफ्नै संसार यहाँ बुन्नु छ ।
सहनु छ यो पीडा,
तर कसैलाई केही भन्नु छैन ।
यो कथा लुकाएरै राख्नु छ,
मनभित्रै दबाएर राख्नु छ ।
अहिले केवल प्रतीक्षा छ…

Facebook Comments