• १३ कार्तिक २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङको हापुरेमा एक घरमा आगलागी हुँदा तिन वटा पसलमा क्षति




दाङ। पश्चिम दाङको बबई गाउँपालिका–५ हापुरे बजारको एक घरमा आगलागी हुँदा तिन वटा पसलमा क्षति पुगेको छ । स्थानीय खिमबहादुर सोमैको घरमा बुधवार बेलुका साढे आठ बजेतिर एक्कासी विद्युत् सर्ट भई आगलागी हुँदा उक्त घरमा रहेका एउटा पसल र संगै सटेका अन्य दुई पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।उहाका अनुसार वडा ४ बस्ने गौरी घर्तिले सोहि घरमा संचालन गरेको सारिका श्रगार पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

यस्तै संगै सटेको हरि प्रसाद पौडेलको घरमा भोम प्रसाद भण्डारीले संचालन गरेको ओम गंगा किराना पसलको ८० प्रतिशत समान जलेर नष्ट भएको छ भने सगै सटेको सहिता खातुनको सकिल कस्मेटिक स्टोरमा रहेको सामानहरु पनि जलेको डिएसपी केसीले जानकारी दिनुभयो । आगलागी पछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरेपनि समयमै आगो नियन्त्रणमा लिन मुस्किल परेको थियो ।

घोराही उपमहानगरपालिकाबाट दमकल बोलाएर आगलागी भएको झण्डै दुई घण्टा पछि नियन्त्रणमा लिईएको उहाले जानकारी दिनुभयो। घोराहीबाट दमकल घटनास्थलमा पुगेपछि पौने एघार बजेतिर आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । पश्चिम दाङका चार पालिकामा दमकल नहुदा यस्ता आगलाीका घटना हुँदा समसया हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा भएको एउटा दमकल गत वर्ष भदौ २३/२४ गते भएको जेन्जी आन्दोलनको बेला आगजनी हुँदा पुर्ण रुपमा जलेको थियो ।

Facebook Comments