• ८ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हर्नकमा दोस्रो एचकेसिसी कप क्रिकेट प्रतियोगिता हुने




घोराही । दाङको घोराही उपमहानगरपालिका–१ हर्नकमा दोस्रो एचकेसिसी कप क्रिकेट प्रतियोगिता हुने भएको छ । हर्नक काउले क्रिकेट क्लबको आयोजनामा विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर यही कात्तिक १० गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

खेलाडीको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा छरिएर रहेका खेलाडीलाई एउटै मैदानमा उतार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष क्षितिज खड्काले जानकारी दिनुभयो ।

अम्बिका माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा घोराही उपमहानगरपालिका–१ हर्नक, काउले तथा बंगलाचुली गाउँपालिकाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष खड्काले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद १५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव लिलाधर खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिज, उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याट्सम्यानलगायतका विधामा पनि पुरस्कृत गरिने सचिव खड्काले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले तीन हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । टोली दर्ता गर्ने अन्तिम मिति कात्तिक ९ गतेसम्म तोकिएको आयोजकले जनाएको छ ।

Facebook Comments