दाङ । झण्डै तीन दशक अघिको पत्रकारीता प्रारम्भ कालका चुनौतीहरुको लेखाजोखा छैन । ति चुनौतीका वाबजुत आफूलाई अब्बल पत्रकार बनाएर नागरिकलाई सूचना प्रवाह गर्ने हुटहुटीले कहिल्यै छोडेन ।
बर्दियाबाट प्रारम्भ भएको यो चुनौती पूर्ण पत्रकारीता यात्रालाई सूलोचनाले विभिन्न आरोह अवरोह विच अगाडी बढाइ रहिन् । फलतः आफूलाई नेपाली सञ्चार क्षेत्रमा एक सक्षम पत्रकारका रुपमा उभ्याईन् ।
बर्दियाबाट सुरु भएको पत्रकारीता यात्राले सूलोचनालाई सञ्चार उद्यमसंग जोड्यो ।
यसको प्रतिफल अहिले उनि व्यवसायिहरुको नेताका रुपमा आफूलाई प्रस्तुत गर्न सक्षम भईन् । उनि केहि दिन अघि सम्पन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका रुपमा निर्वाचित भईन् ।
बर्दियाबाट पत्रकारीता प्रारम्भ गरेकी सुलोचनाको पत्रकारीता यात्राले बिट कहिल्यै मारेन । उनि पत्रकारीता घरानामै बुहारी बनेर भित्रिनुले पनि उनको पत्रकारीता यात्रामा ब्रेक लाग्न पाएन । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दाङ निवासी विपुल पोख्रेलसंग उनको लगनगाँठो कसियो । सुलोचनाका श्रीमान विफु आफैमा एक अब्बल पत्रकार । त्यसमाथि सुलोचनाका ससुरा विनोद पोख्रेल समेत अग्रज पत्रकार ।
पत्रकारीता क्षेत्रमै अब्बल घर परिवारमा बुहारी बनेर भित्रिएकी सुलोचना महिला सञ्चार उद्यमी बनेर मिडिया हाँक्ने जिम्मेवारी सम्हाल्न पुगिन् । दाङबाट प्रकाशित गोरक्ष राष्ट्रिय दैनिकको प्रकाशक उनै सुलोचना हुन् । यति मात्रै हैन, लोकतान्त्रीक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको नेतृत्व तह सम्म आफूलाई उभ्याएर सुलोचनाले पत्रकार नेताका रुपमा समेत आफ्नो परिचय स्थापित गरिदिईन् । नेपाल प्रेस युनियको केन्द्रीय सदस्य हुँदै हाल उनि उपमहासचिव पदमा आसिन छिन् ।
लामो समय सम्मको पत्रकारीता अनुभव, सञ्चाल उद्यमको जिम्मेवारी बहन, अहिले पत्रकार नेताका रुपमा आफूलाई प्रमाणित गरेकी सुलोचना यसै सञ्चार क्षेत्रको प्रतिनिधित्व गर्दै व्यवसायिक नेता बन्ने लक्ष्यका साथ अगाडी बढिन् । दाङ जिल्ला उद्योग वाणिज्य संघमा सञ्चार क्षेत्रको प्रतिनिधित्व गर्दै भित्रिन चाहेकी सुलोचनालाई यो लक्ष्य भेटाउन मुस्किल भएन । उनि महिला सदस्यका रुपमा उद्योग वाणिज्य संघको निर्वाचनमा अधिकतम मतका साथ विजयी भईन् । उनि दाङ जिल्ला उद्योग वाणिव्य संघमा सञ्चार क्षेत्रबाट प्रतिनिधित्व गर्ने पहिलो महिला पत्रकार हुन् ।
सञ्चार उद्यमको जिम्मेवारी बहन गरेकी सुलोचना व्यवसायिक अवस्था बारे जानकार छिन् । उद्यमको विकासका लागि के गरिनुपर्छ भन्ने ज्ञान उनलाई आफ्नो कर्मले प्रदान गरिदिएको छ । ‘व्यवसायिक क्षेत्र कमजोर अवस्थामा छ ,’ उनले भनिन् ‘कमजोर अवस्थामाा रहेको व्यवसायिक क्षेत्रलाई कसरी माथि उकास्न सकिन्छ भन्ने साझा चिन्तन अहिले आवश्यक छ, यहि साझा चिन्तन निर्माण गरेर व्यवसायिक क्षेत्रलाई माथि उकास्ने लक्ष्यका साथ म उद्योग वाणिज्य संघमा प्रतिनिधिका रुपमा भित्रिएको छु ।’

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
