• ३० आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जिल्ला उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, व्यापारीमैत्री अनुगमन गर्न आग्रह




दाङ।  दाङ जिल्ला उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। संघका अध्यक्ष ध्रुवकुमार गहतराजको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सफल बनाउन सहयोग गर्ने विभिन्न पक्षलाई धन्यवाद ज्ञापन गर्नुका साथै आउँदै गरेको विजयादशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गरेको छ।

बैठकले निर्वाचनलाई सफल, व्यवस्थित र मर्यादित बनाउन योगदान पुर्‍याउने निर्वाचन समिति, पूर्वअध्यक्षहरू, निवर्तमान कार्यसमिति, सुरक्षाकर्मी, राजनीतिक दल, सञ्चारकर्मी तथा सम्पूर्ण उद्योगी व्यवसायीप्रति आभार व्यक्त गरेको संघका महासचिव माधव खनालले जानकारी दिनुभयो।

त्यसैगरी, पछिल्लो समय बजारमा भइरहेको अनुगमनलाई व्यापारीमैत्री बनाउन बैठकले सम्बन्धित निकायलाई आग्रह गरेको छ। बजार अनुगमनका क्रममा उद्योगी व्यवसायीलाई त्रसित बनाउनेभन्दा पनि उनीहरूलाई आवश्यक जानकारी, सचेतना र सहजीकरणमार्फत व्यवसाय सञ्चालनमा सहज वातावरण निर्माण गर्नुपर्नेमा संघले जोड दिएको छ।

व्यापार व्यवसायलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउनु आवश्यक भए पनि अनुगमनका नाममा व्यवसायीमा त्रास सिर्जना हुने अवस्था आउन नहुने संघको धारणा रहेको छ।

संघले उद्योगी व्यवसायीको हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रको विकासका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

Facebook Comments