• ३० आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई शपथ, पद हस्तान्तरण




दाङ ।दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउँदै पद हस्तान्तरण गरिएको छ। संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले व्यवसायीहरूलाई शुभकामना दिँदै व्यवसायमैत्री तथा उद्यममैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारले निरन्तर योजना बनाएर काम गर्दै आएको बताए।

व्यवसायीका समस्या समाधान, व्यवसाय सञ्चालनमा सहजता तथा ग्राहक र उपभोक्ताको हित संरक्षणका विषयमा स्थानीय सरकारले निरन्तर छलफल र सहकार्य गर्दै आएको उनले उल्लेख गरे।

व्यवसायीलाई प्रचलित नियम तथा कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने उद्देश्यले समय–समयमा बजार अनुगमन गर्ने गरिएको उनको भनाइ थियो। अनुगमनका क्रममा व्यवसायीलाई नियम तथा कानुनबारे जानकारी गराउने, सम्झाउने र आवश्यक सुझाव दिने कार्यले व्यवसायलाई व्यवस्थित तथा मर्यादित बनाउन सहयोग पुगेको उनले बताए।

कार्यक्रममा नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली कम्युनिस्ट पार्टी दाङका सहसचिव विश्वराज आचार्य, संघका पूर्वअध्यक्ष मधुसूदन वैद्य तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष ध्रुवकुमार गहतराजले आफ्नो भावी योजना तथा प्रतिबद्धता प्रस्तुत गर्दै संघलाई व्यवसायीको हकहित संरक्षण र व्यवसायमैत्री वातावरण निर्माणमा थप प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।

निर्वाचन समितिका संयोजक मणिराज आचार्यले निर्वाचन प्रक्रिया सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।

निवर्तमान सचिव विकास वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निवर्तमान महासचिव महेन्द्र बुढाथोकी र वर्तमान महासचिव माधव खनालले गरेका थिए।

Facebook Comments