घोराही, दाङ। दसैँको खुसी ग्राहकसँग बाँड्ने उद्देश्यले घोराहीस्थित द ब्लुबेरी क्याफेले दसैँ दक्षिणाको विशेष योजना ल्याएको छ। क्याफेले दसैँको अवसरमा ग्राहकलाई विभिन्न कुपनमार्फत विशेष उपहार दिने व्यवस्था गरेको हो।

क्याफेका सञ्चालक आशिम शर्माका अनुसार दसैँको सांस्कृतिक परम्परालाई नयाँ शैलीमा प्रस्तुत गर्दै ग्राहकसँग खुसी साटासाट गर्न दक्षिणास्वरूप कुपनको व्यवस्था गरिएको हो।

“दसैँ नेपालीहरूको महान् पर्व हो। यस अवसरमा आफ्ना ग्राहकसँग खुसी बाँड्ने र दसैँलाई अझ विशेष बनाउने उद्देश्यले हामीले दक्षिणास्वरूप कुपनको व्यवस्था गरेका छौँ,” शर्माले भन्नुभयो, “यसले ग्राहकमा थप उत्साह ल्याउनुका साथै क्याफे र ग्राहकबीचको सम्बन्धलाई अझ आत्मीय बनाउने हाम्रो विश्वास छ।”
परम्परागत रूपमा दसैँमा टीका र आशीर्वादसँगै दक्षिणा दिने चलनलाई व्यावसायिक सेवासँग जोड्दै क्याफेले ग्राहकलाई नयाँ अनुभव प्रदान गर्ने प्रयास गरेको छ। यस योजनाले दसैँको अवसरमा ग्राहकलाई क्याफेसँग जोडिन थप उत्साहित बनाउने अपेक्षा गरिएको छ।

स्वादिष्ट परिकार, बेकरी सामग्री तथा आत्मीय सेवाका लागि परिचित द ब्लुबेरी क्याफेको यस पहलले दसैँको उत्सवलाई थप रमाइलो बनाउने विश्वास गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
